रामेछाप । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा मास्क लगाऔ एक अर्कालाई बचाऔ भन्ने नारासहित नेपाल मास्क अभियान सञ्चालन भएको छ । मन्थली नगरपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा कोभिड १९ र्यापिट एक्सन टाक्स फोर्सले मास्क अभियान सञ्चालन गरेको हो । अभियानमा मास्क प्रयोग गर्न छाडेको भन्दै मास्को महत्व र प्रभाब बारे जानकारी गराउदै मास्क नलगाउने ब्यक्तिहरुलाई लगाउन आग्रह गर्दै मास्क प्रयोग बारे जानकारी समेत गराइएको थियो । अभियानमा कोरोना सचेतना सम्बन्धी संगित द्वारा अभिनय समेत गरेर सचेतना गराएको थियो ।
Facebook Comments Box