घाइते भुजेलकाे मृत्यु, एकको उपचार हुदै

समाज

रामेछाप । लिखुतामाकोशी गाउँपालिका १ दुरागाउँमा मंगलबार ट्याक्टर दुर्घटनामा परी घाइते भएका दुर्गा भुजेलको उपचारको क्रममा मृत्यु भएको छ । लिखुतामाकोशी गाउँपालिका १ दुरागाउँमा मंगलबार ना ६ त ७२८४ नम्बरको ट्याक्टर दुर्घटनामा ५० वर्षिय उद्धब पौडेलको घटना स्थलमै ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए । घाइते मध्य दुर्गा भुजेलको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मीनकुमार भुजेलको भने ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको छ । ट्याक्टर विद्यालयको गिट्टी बोकेर सैपुबाट दुरागाउँ तर्फ जाँदै गर्दा दुरागाउँको बसेरीमा मंगलबार दुर्घटना भएको थियो ।

Facebook Comments Box