एमाले रामेछापमा महाधिबेसन प्रतिनिधिको लागी ६४ को दावी

राजनीति

रामेछाप । नेकपा एमाले रामेछापमा महाधिवेशन प्रतिनिधिको लागी ६४ जनाले उम्मेदवारी दिएको छ । रामेछापबाट खुल्ला माहाधिबेसन प्रतिनिधि १२ जना मात्र आवश्यक रहेको भएपनी ६४ जनाको उमेरद्वारी परेको नेकपा एमाले रामेछापका जिल्ला सचिब आनन्द श्रेष्ठले जानकारी दिए । माहाधिबेसन प्रतिनिधी खुलामा आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी दिएको छ । रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुने भएपनी निर्वाचन समितिले दिएको समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । जिल्ला सचिव श्रेष्ठका अनुसार महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएकाले सहमतिको प्रयास भइरहेको बताए । सचिब श्रेष्ठले भने सहमतिका लागि जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनाइएको छ सके सम्म सहमतीमानै प्रतिनिधी छनोट हुन्छ । कार्यदलले विभिन्न चरणमा उम्मेदवारहरूसँग वार्ता गरी सहमतिको प्रयास जारी राखेको जनाएको छ । कार्यक्रम अनुसार शनिबार अपरान्हसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्नेछ । महाधिवेशनमा जाने आकांक्षीहरूमध्ये कार्यदलले सबै पालिकालाई समेटने गरी प्रतिनिधि बनाउने प्रयास जारी राखेको छ । खांडादेवी र मन्थली नगरपालिकामा भने संख्या थप्न माग भएको छ । यसैबीच उत्पिडित वर्गको तर्फबाट चयन हुने २ जना प्रतिनिधि भने निर्विरोध चयन भएका छन् । निर्विरोध हुनेमा गणेश बिक र मानबहादुर बिक रहेका छन् । एमालेले जिल्लाभरका करिब १२ हजार ६ सय सदस्यहरूबाट कुल १९ जना प्रतिनिधि महाधिवेशनका लागि चयन गर्दैछ ।

Facebook Comments Box