भारतको एक अस्पतालमा आगोलागी हुदा उपचार गर्न अस्पताल आएका १० जनाको ज्यान गएको छ । महाराष्ट्रराज्यको अहमदनगरस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो । शनिबार अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । उक्त वार्डमा कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको थियो । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोस्लेले आगलागीमा परी १० जना बिरामीको मृत्यु भएको पुष्टि गरे का छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार अस्पतालमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको जनाएको छ । अस्पताल स्रोतका अनुसार आईसीयू वार्डमा २५ जना बिरामी भर्ना भएका थिए ।
Facebook Comments Box