रामेछापमा ५४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

समाज स्वास्थ्य

रामेछाप । रामेछापमा ५४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाई सकेका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ५४ प्रतिशत नागरीकले कोरोना  विरुद्धको खोप लगाएका छन् । जिल्ला बाट पहिलो चरणको ४६.४ प्रतिशत अर्थात ६३ हजार ९ सय ३६ जनाले मात्र लगाएको भएपनी दोस्रो चरणको ५४.दशमलव ८ प्रतिशतले लगाई सकेको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य १ लाख ३७ हजार ८ सय ९१ जनसंख्या रहेको छ । जसमध्ये ७५ हजार ५ सय ५ जनाले कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाइसकेको जनाएको छ । जुन ५४ दशमलव ८ प्रतिशत हो । अब ४५.२ प्रतिशत अर्थात ६२ हजार ३ सय ८६ जनाले कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए ।  छिटै जिल्ला भित्रका १८ वर्षमाथिका योग्य सबैलाई कोभिड– १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रामेछापले लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख खतिवडाले बताए ।

Facebook Comments Box