लक्ष्मी पूजा गर्दा घरमा आगलागी

समाज

रामेछाप । लक्ष्मी पूजा गर्ने क्रममा विहिवार बेलुका घरमा बालेको मैनबत्तीबाट आगो सल्कदा लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीकी कमला खड्काको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
आगलागीवाट घरमा राखिएको ५५ हजार नगद, डेढ तोला सुनका गरगहना, लत्ताकपडा, भाडाँकुडा र अन्नपात सवै जलेर नष्ट भएको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीका शेरवहादुर खड्काले जानकारी दिए । उनका अनुसार खड्काको घरमा बिहिवार बेलुकी करिव ७ वजे भएको आगलागी बेलुकी करिव १० वजे स्थानिय गाउँलेहरुको सक्रियतामा नियन्त्रणमा आएता पनि आगलागीवाट घरमा भएको सबै वस्तु जलेर नष्ट भएको खड्काले बताए ।

Facebook Comments Box