काँग्रेस सभापति लामा पक्राउ

समाज

रामेछाप । नेपाली काँग्रेस दोलखाका जिल्लाका सभापति बर्मा लामा काठमाडौँको एक जुवाखाल बाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार सुराकीको आधारमा छापामार्दा उनीहरुको साथबाट ६ लाख नगद सहित प्रक्राउ गरेको बताएका छन् । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

 

संाेत राताे पाटी

Facebook Comments Box