एमाले रामेछापको सातवटा स्थानिय तहको अधिबेसन सम्पन्न

राजनीति

रामेछाप । रामेछापको आठ वटा स्थानिय तह मध्य सात वटा स्थानिय तहको अधिबेसन सम्पन्न भएको छ । लिखुतामाकोशी गाउँपालिकाको अधिबेसन भने आन्तरिक समस्याको कारण कात्तिक २४ गते मात्र गर्ने भएको छ । जिल्लामा रहेको दुई नगरपालिका र पाँच गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो । अधिवेशन भएको सबै स्थानीय तहमा मन्थली नगरपालिकाको सचिव बाहेक अन्य सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । लिखु तामाकोसी गाउँपालिकाको अधिवेशन भने पार्टीभित्रको आन्तरिक समस्याको कारण कात्तिक २४ गतेको लागि तय भएको नेकपा एमालेका जिल्ला सचिब आनन्द श्रेष्ठले जानकारी दिए ।
अधिवेशनबाट मन्थली नगर कमिटीको अध्यक्षमा रामबाबु घिमिरे, रामेछाप नगर कमिटीको अध्यक्षमा रोशन पाख्रिन, खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा पुष्कर कुमार कार्की, सुनापति गाउँ कमिटीको अध्यक्षमा ज्ञान कुमार योञ्जन, दोरम्बा शैलुङ गाउँ कमिटीको अध्यक्षमा प्रेम लामा, गोकुलगंगा गाउँ कमिटीको अध्यक्षमा दीपक कार्की र उमाकुण्ड गाउँ कमिटीको अध्यक्षमा रुद्र नेवार निर्वाचित भएका छन् ।

Facebook Comments Box