माटोले पुरिएर एकको मृत्यु

समाज

पर्सा । माटो खन्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं ३२ चोर्नीका मनोज कुमार मण्डलकी ५ वर्षिय छोरी अर्चना कुमारीको ढिस्कोले पुरिएर शनिवार दिउँसो मृत्यु भएको छ ।

माटो खन्न अर्चना सँगै उनकी ७ वर्षिय दिदी सिवानी पनि गएकी थिइन । माटो खन्ने क्रममा माथिल्लो भागवाट खसेको माटोको ढिस्कोले अर्चनालाई पुरेको थियो । घटनास्थलवाट उनको उद्धार गरि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

Facebook Comments Box