एमालेको ६१ वडामा निर्बिरोध कमिटी गठन

प्रदेश ३ राजनीति

रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाको ८ वटा स्थानिय तहमा गरि ६१ वटा वडाहरुमा निर्बिरोध नयाँ नेतृत्व चयन गरेको छ ।


शनिबार भएको वडा अधिवेशनमा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा, दोरम्वा गाउँपालिका वडा नं १ डडुवा र मन्थली नगरपालिकाको वडा नं १० चनखु बाहेक अन्य सबै वडाहरुमा निर्बिरोध रुपमा नयाँ नेतृत्व गठन गरिएको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए ।

उनले भने– पार्टीले एकै दिन अधिवेशन गर्ने भनिएता पनि केही प्राविधिक कारणले अधिवेशन हुन नसकेका वडाहरु मध्ये आइतवार (आज) रामेछापको हिमगंगा र मन्थलीको चनखुमा र सोमवार दोरम्वाको डडुवामा सम्पन्न गर्ने गरि तय गरेका छौं । वडा अधिवेशन हुन बाँकी रहेका वडाहरुमा पनि नेतृत्व चयन भने भइसकेको र जम्माजम्मि निर्वाचित टिमलाई सफत खुवाउन मात्रै बाँकी रहेको पनि सचिव श्रेष्ठले बताए ।

 

Facebook Comments Box