बाढी पहिरोमा परेकाको उद्धार र राहातमा जुट्न राष्ट्रपतिको आग्रह

प्रदेश ३ समाज

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न ठाउँमा भएको बाढी पहिरोमा परेका नागरिकहरुको राहात र उद्धारमा जुट्न आग्रह गरेकी छिन् ।

बाढी र पहिरोका कारण ठूलो मात्रामा भएको धनजनको क्षतिप्रति राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी छिन् । त्यस्तै राष्ट्रपति भण्डारीले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र उनीहरुका आफन्तजनमा समवेदना व्यक्त गर्दै बेपत्ता भएकाहरुको खोजी, घाइतेहरुको उपचार, उद्धार र राहात वितरण गर्ने कार्यमा राज्यका सबै संयन्त्र परिचालन गराउने कार्यमा तत्काल ध्यान पुग्ने विश्वास लिएकी छिन् ।

बर्षातका कारण धेरै किसानको धानवाली नष्ट भएको, विभिन्न विकास निमार्णका आयोजनाहरुमा क्षति पुगेकोमा दुःख व्यक्त गर्दै तत्काल किसानहरुलाई उचित राहात र क्षतिपूर्ति र पुनर्निमार्णको कार्यमा सबैलाई समन्वय गरेर अघि बढ्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी छिन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको अवस्थामा सवै राजनितिक दल, सामाजिक संघसंस्था र आम जनसुदायलाई समन्वय र सहकार्य सहित पिडीतको उद्धार र राहातमा जुट्न समेत आग्रह गरेकी छिन् ।

Facebook Comments Box
ad