तिन दिन देखी परेको अबिरल बर्खा संगै आएको पहिरो परी २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहिरोले मंगलबार बिहान ७ घर पुरिँदा २३ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुको खोजी कार्य जारी भए पनि भेट्टाउन सकिएको छैन । बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।
मंगलबार बिहानै पहिरोले गाउँ पुरे पनि टेलिफोन सेवा अवरूद्ध भएका कारण प्रहरीलाई खबर गर्न नसकिएको बताइएको छ । हाल वर्षा भइरहेकाले स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न नसकेको खबर प्राप्त भएको छ ।
टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा पनि अवरुद्ध
सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिएका छन ।
विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूणर् रुपमा अवरुद्ध भएको जानकारी दिए ।
जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेशनमा सौर्य ऊर्जा जडान गरिएको छ । रिले स्टेशनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सूचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताए । उनले भने, “सामुदायिक रेडियोको कामनै समयमै आम स्रोतालाई सूचना दिएर सर्तक बनाउनु हो । सबै रेडियोले सदरमुकाम भन्दा टाढाका डाँडामा रिले टावर राखेर सञ्चालन गरिरहेका छाँै । दुई दिन घाम नलाग्दा सोलार चार्ज हुन नपाएर विपद्को बेला सूचना प्रवाह गर्न सकिएन ।”

बझाङमा पहिरो ः २३ जना बेपत्ता
Facebook Comments Box