नेकपा एकीकृत समाजवादी रामेछापको इन्चार्जमा पौडेल

राजनीति

नेकपा एकीकृत समाजवादीले रामेछापको जिल्ला इन्चार्जमा देवशकंर पौडेललाई जिम्मेवारी दिएको छ । पौडेल अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरी नेकपा एमालेको जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज हुदै केन्द्रीय सदस्यसमेत भएर काम गरे । नेकपा एमालेबाट नेपाली काँग्रेसका नेता लक्ष्मण प्रसाद घिमिरेलाई हराउदै पौडेल सासंदसमेत भए । नेकपा एमालेमा बिबाद भएसँगै पौडेल माधव नेपाल पक्षमा नजिक भए र अध्यक्ष केपी शर्मा वलीको कार्यशैलीको बिरोध गरे । एमाले विभाजन भए संगै पौडेल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यको भएका थिए । पौडेललाई अहिले नेकपा एकीकृत समाजवादीको जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिएको छ ।
सह–इन्चार्जको जिम्मेवारी होम बुढाथोकी, शान्ता पौडेल र झम्क कंडेललाई दिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश बस्नेतले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले यसअघि जिल्ला भेला मार्फत रामेछापको अध्यक्षमा रमेश बस्नेतलाई चयन गरेको थियो ।

Facebook Comments Box