नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पराजित

खेलकुद

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पराचिजत भएको छ । हिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले हात पारेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे । यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको छ । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको छ ।
नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।

Facebook Comments Box
ad