ससुराको टाउको फुटाएपछी बुहारी प्रहरी नियन्त्रणमा

समाज

रामेछाप । रामेछापको सुनापती गाउँपालिका–३ हिलेदेवीमा चिर्पटले हानेर ससुराको टाउको फुटाएको भन्दै बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनापती गाउँपालिका–३ हिलेदेवीमा नाताले ससुरा पर्ने ५६ बर्षिय बच्चु तामाङलाई चिर्पटले हान्दा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते भएका ससुरा ५६ बर्षिय बच्चु तामाङलाइ रामेछापमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । समान्य घरायसी विवादको विषयलाई लिएर शुक्रवार ससुरा बुहारी बिच विवाद भएको थियो । बिबादको क्रममा रिसको आवेशमा नाताले बुहारीपर्ने ४४ वर्षिय माया तामाङले चिर्पटले हानेर ससुराको टाउको फुटाइ दिएकी हुन् । प्रहरीका अनुसार चिर्पट प्रहार गर्ने बुहारीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Facebook Comments Box