जीप दुर्घटना हुँदा १८ जना घाइते ,९ जनाको अवस्था गम्भिर

समाज

ताप्लेजुङमा जिप दुर्घटना हुदा १८ जना घाइते भएको छ । घाइते मध्य ९ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङको फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको को १ ज २०५६ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ ।
दुर्घटनामा गर्भवतीसहित नौ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका ६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू रहेका छन् ।
यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन् । जीप चालक फुङ्लिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्लीविक्रम सुनुवार सामान्य घाइते हुनुभएको छ । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
ad