बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

प्रदेश ७ समाज

रामेछाप । नेपालगन्जबाट मुगु जादै गरेको भे १ ख ६७ नम्बरको बस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै १४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज लगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज लगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्दारकार्य जारी रहेको छ ।

Facebook Comments Box
ad