बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु

समाज

रामेछाप । मुगुमा बस दुर्घटना हुदा कम्तीमा १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपालगन्जबाट मुगुका लागि छुटेको बस छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो २ बजेतिर दुर्घटना हुदा कम्तीमा १६ जना मृत्यु भएको र आधादर्जन भन्दा बढी मानीस घाइते भएको मुगु प्रहरीले जनाएको छ । घटना स्थल प्रहरी जादै गरेकोले प्रहरी घट्ना स्थल पुगे पछी मात्र थप जानकारी आउने प्रहरीले जनाएको छ ।
छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखोला) मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको सो दुर्घटनामा कम्तिमा पनि १६ जनाको मृत्यु भएको र डेढ दर्जन जति यात्रु घाइते भएको खबर प्राप्त भएको मुगु प्रहरीले जनाएको छ ।
बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
ad