भूकम्पमा परि २० को मृत्यु, कयौँ घाइते

विश्व

काठमाडौं । पाकिस्तानमा आएको शक्तिशाली भूकम्पमा परी २० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले भने मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्
भुकम्पमा परी कयौं मानिसहरु घाइते हुनका साथै संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ । भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । भूकम्प ५.९ म्याग्निच्युटको मापन गरिएको छ ।
सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
उद्धार कार्य अहिले पनि जारी रहेको छ । रोयटर्स न्युज एजेन्सीका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्षति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचिस्थानका गृहमन्त्री मिर जियाउल्लाह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू खटाइसकिएको जानकारी दिएका छन् ।

Facebook Comments Box
ad