नेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम

राजनीति

रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतीमा पुर्ण बहादुर तामाङ्ग ‘कान्छाराम’ चयन भएका छन् । शनिबार र आइतवार भएको निर्वाचनमा लवश्री न्यौपानेले ३ सय ५६ मत, कृष्णबहादुर महतले ३ सय २८ र पुर्ण बहादुर तामाङ्ग कान्छारामले ६ सय ६८ मत पाएका थिए । दोस्रो चरणको निर्वाचनमा निबर्तमान सभापती समेत रहेका लबश्री न्यौपानेले पुर्ण बहादुर तामाङ्ग ‘कान्छाराम’लाई सर्मथन गरे संगै सभापतीमा तामाङ्ग चयन भएका हुन् ।
निर्वाचन प्रक्रियामा गएपछी सभापती बन्न नेपाली कांग्रेसको बिधानमा खसेको मतको ५१ प्रतिशत मत ल्याउन पर्ने ब्यवस्था भए पनी अर्का प्रतिस्पर्धी लबश्री न्यौपानेले सर्मथन गरे संगै ‘कान्छाराम’ सभापतीमा चयन भएका हुन ।
निर्वाचनमा जम्मा १ हजार ४ सय १३ प्रतिनिधी मध्य १ हजार ४ सय ८८ मत मात्र खसेको थियोहिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो ।

Facebook Comments Box
ad