बोलेरो दुर्घटनामा एक जनाको मृत्यु ४ जना घाइते

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बेथान बाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिबेसनको लागी हिलेदेबी जादै गरेको बोलेरो दुर्घटनामा परी ४६ वर्षिय शारदा खत्रीको ज्यान गएको हो ।
खत्रीको उपचारको लागी काठमाण्डौ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । उक्त दुर्घटनामा परी नेपाली कांग्रेसका उपसभापती जितेन्द्र मोक्तान मेग बहादुर खत्री, जेपी गौतम र बोलेरोका चालक रामकुमार तामाङ घाइते भएका छन् । घाइते मध्य जे जि गौतम भने अस्पताल बाट डिस्चार्ज भएको र अन्य तिन जनाको उपचार भइरहेको भए पनी अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
ad