बोलेरो दुर्गटनामा कांग्रेस उपसभापती मुक्तान सहित ५ जना घाइते

Uncategorized

रामेछाप । रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको छ । बेथान बाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिबेसनको लागी हिलेदेबी जादै गरेको बोलेरो दुर्घटनामा परी नेपाली कांग्रेसका उपसभापती जितेन्द्र मोक्तान सहित ५ जना घाइते भएको छ । उनिहरुलाई उपचारको लागी काठमाण्डौ पठाएको नेपाली कांग्रेसका पार्टी प्रवता नारायण खड्काले जानकारी दिए । दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्ला उपसभापती जितेन्द्र मोक्तान सहित मेग बहादुर खत्री, शारदा खत्री, जेपी गौतम र बोलेरोका चालक रामकुमार तामाङ घाइते भएका छन् । घाइते मध्य शारदा खत्रीको भने अवस्था गम्भिर रहेको पार्टी प्रवर्ता खड्काले जानकारी दिए ।

Facebook Comments Box
ad