मैत्रीपूर्ण खेल रामेछापमा सम्पन्न

खेलकुद

रामेछाप । रामेछाप जिल्ला फुटबल संघले सदरमुकाम मन्थलीमा संविधान दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । संघले संबिधान दिवसको अवसरमा“स्वास्थ्यका लागी खेलकुद ः राष्ट्रकालागी खेलकुद ” भन्ने नारा सहित मैत्रीपूर्ण खेल सम्पन्न गरेको हो ।
रामेछाप जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले वातावरण संरक्षण परियोजनाको सहयोग र मन्थली नगर युवा सञ्जालको समन्वयमा आयोजना गेरेको मैत्रीपूर्ण खेलमा चार वटा समुह सहभागी जानकारी दिए । खेलमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप, उद्योग वाणिज्य संघ रामेछाप, कर्मचारी मिलन केन्द्र रामेछाप र नगर युवा सञ्जाल सहभागी भएको थियो ।
पहिलो खेलमा उद्योग वाणिज्य संघ रामेछाप र नगर युवा सञ्जाल बिच भएको खेलमा उद्योग बाणिज्य संघ लाई २–० ले हराउदै नगर युवा सञ्जाल फाइनल खेलमा प्रबेश गरेको थियो भने दोस्रो खेल अन्र्तगत नेपाल पत्रकार महासंघ रामेछाप र कर्मचारी मिलन केन्द्र बिच खेल भएको थियो । दोस्रो खेलमा पत्रकार महासंघलाई २–० गोल अन्तरले हराउदै कर्मचारी मिलन केन्द्र फाइनलमा प्रबेश गरेको थियो । फाइनल खेलमा भने कर्मचारी मिलन केन्द्रलाई पेनाल्टी मार्फत ३–१ ले हराउदै नगर युवा सञ्जालले जित हासिल गरेको रेफ्री भिमसेन लामाले जानकारी दिए ।

Facebook Comments Box
ad