आयआर्जनको क्षेत्रमा यस वर्ष बढी प्राथमिकता ः मेयर बस्नेत

प्रदेश ३ राजनीति विचार / ब्लग

रमेशकुमार बस्नेत रामेछापको राजनीतिमा पुरानो र परिचित नाम हो । सानै उमेरदेखि विद्रोही स्वभावका कारण कम्युनिष्ट पार्टीमा लागेका बस्नेत परिवर्तन र सम्बृद्धि राजनीतिबाट मात्र सम्भव छ भन्ने कुरामा विश्वास गर्नु हुन्थ्यो । सोही विश्वासका कारण उहाँले आप्mनो राजनीतिक यात्रालाई पनि निरन्तरता दिने क्रममा हाल बस्नेत मन्थली नगरपालिकाका मेयर बन्न सफल हुन भएको छ । उहाँले आप्mनो ४ वर्षे कार्यकाललाई मन्थली नगरको विकासको आधारशीलाको रुपमा पनि लिनुभएको छ । उनै मेयर रमेश बस्नेतसँग नगरको विकास र सम्भावना अनि चुनौतिकोे विषयमा केन्द्रित भएर हाम्रा साथी युवराज श्रेष्ठले समसामयिक विषयमा गरेको कुराकानीको सार संक्षेप ।
प्रश्न ः मन्थली नगरपालिकाको कार्यभार समाल्नु भएको पनि ४ वर्ष पूरा भइसकेको छ । मन्थली नगरपालिकाले चौथो वर्षको कार्ययोजना कसरी अगाडि बढाइ रहेकाे छ ।
उत्तर ः हामीले कार्यभार समालेको अहिलेसम्म ४ वर्ष ३ महिना भएको छ । कोभिड– १९, कोरोना भाइरसको कारणले यसपाली खुलेर काम गर्न सक्ने अवस्था त रहेन तर योजना तर्जुमाको ७ वटा चरणहरुलाई टेकेर त्यति धेरै गर्न त सकेनौं । तैपनि ७ वटा चरण पार गरेर हामीले गत असार १० गते नगरसभाबाट आगामी आर्थिक वर्षका योजनाहरु सम्पन्न गरिसकेकाछाँै । हामीलाई संघीय सरकारबाट प्राप्त विकास निर्माणमा समानुकृत अनुदानको लागि २० करोड ६० लाख रुपयाँ प्रदेश सरकारको समानुकृत अनुदान १ करोड ८० लाख रुपियाँ नगरपालिकाको आन्तरिक तर्फबाट ३ करोड २० लाख रुपियाँ विनियोजन गरेको छ । मन्थली नगरपालिकाको तर्फबाट गर्न सक्ने योजना भनेको लगभग २५ करोडको छ । गतवर्ष सञ्चित कोषमा बिभिन्न कारणबाट बाँकी भएको रकमलाई समावेश गरेर हामीले ३ किसिमको योजनाहरु तर्जुमा गरी वडा सिलिङका लागि ९ करोड रुपियाँ विनियोजन गरेका छौँ । पूर्वाधारका लागि हामीले १२ करोड शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पशु, सहकारी, लक्षित समूह, क्षमता विकासको लागि १३ करोड बजेट बिनियोजन गरेका छौँ । मन्थली नगरपालिकाको बजेट १ अर्ब ७ करोड पास गरेका छौँ । हामीले १२ करोडको पूर्वाधार मध्ये २ करोड फुलासी देबिटार सडकलाई, वडा नं ३ को ठाँटीको वडा कार्यालयसम्म जाने बाटोलाई २ करोड वजेट छुट्याइएका छौँ । वडा नं १२ को साँवा डाँडाबाट सिक्राल हुँदै जाने सडकलाई २ करोड र वडा नं १४ को फुलासी पोखरीदेखि वडा कार्यालयसम्मको कालोपत्रे र स्तरोन्नतिको लागि २ करोड छुट्याइएको छ । चनखुलाई अहिलेसम्म कालोपत्रे अभियानमा जोड्न नसिकिएकोले चनखुको लागि ५० लाख व्यवस्था गरिएको छ । त्यसैगरि कुनौरीदेखि कालिका मा.वि. सम्मको सडकलाई ५० लाख, पुरानागाउँमा आफ्नैगाउँबाट आप्mनै वडामा जान सक्ने अवस्था नभएकोले ५० लाख, वडा नं ४ को सालुपाटी बजारदेखि कुकुरकाटे भन्ज्याङ्गसम्मको लागि ५० लाख व्यवस्था गरिएको छ । त्यस्तै थानापति मन्दिरसम्मको सडक निर्माण सम्पन्न गर्नको लागि ३० लाख, तुर्केस्थानको लागि २५ लाख, लुभिघाट सिंचाइ आयोजनाको लागि ४० लाख, लुभिघाटमा बाटो निर्माणको लागि १० लाखको ब्यवस्था गरिएको छ । त्यसैगरि सानातिना आयोजनाहरुको लागि पनि बजेट छुट्याइएको छ । त्यस्तै पूर्वाधार, शिक्षा, स्वास्थ्य र आयआर्जनको लागि चाँहि यस वर्ष अलि बढी प्राथमिकता दिइएको छ ।

प्रश्न ः मन्थली नगरपालिकाको धेरै बजेट सडकको प्राथमिकतामा खर्चिएको भन्ने सुन्नमा आएको छ । हामीले हेर्दा १, २ वटा हेर्न लायक सडक भन्दा बाहेक अरु सडकहरुमा बजेट छर्ने काम मात्रै भएको देखिन्छ यसमा नगरपालिकाले योजना बनाउँदा एउटै सकडलाई प्राथमिकता दिएर दीगो सडक बनाउन किन  नसकेको हो ?
उत्तर ः पहिलो कुरा त सबैलाई आफ्नै कार्यकालमा आफ्नै क्षेत्रमा विकास गर्नुपर्छ भन्ने छ तर योजना तर्जुमाको हिसावले त्यो अनुसार हुदैन । सडक पूर्वाधारको कुरा गर्दा मन्थलीलाई ८ वटा सडकको माध्यमबाट १४ वटा वडाको वडा कार्यालय र नगर कार्यालयसँग जोड्नको लागि हामीले व्यवस्था मिलाएकाछौ । जस्तै मन्थली, सुनारपानी, सालु सडकले २ वटा वडा जोड्छ जुन च्याउके ठाँटीसम्म पुगेको छ । त्यसपछि भुत्याखोला कठजोर ऐरमबास सडकले धोबीसम्म २ र ३ नं वडालाई जोड्ने हुनाले त्यो प्राथमिकतामा परेको छ । त्यस्तै देबिटार फुलासी कालोपत्रे अभियान अन्तर्गत १३, १४ लाई जोड्ने योजना छ । त्यस्तै गेलु सडकले ११ र १२ लाई जोडेको छ ।
त्यसैगरि मन्थली चिसापनी, पुरागाउँ सडकले वडा नं ८ र ९ लाई जोडेको छ । त्यस्तै आकासेको पुल मुगिटार हुँदै वडा कार्यालय जोड्नेसमेत गरि ८ वटा सडकसमेतले मिलाएर १४ वटा वडा कार्यालयलाई जोडेको छ । भुत्याखोला कठजोर सडक एशियाली विकास बैंक (ए.डि.बि) ले जिम्मा लिएको छ । गेलु साँवा डाँडा हुँदै १३ वडा जोड्ने सडक पूर्व प्रधानमन्त्री केपी शर्मा वलीको पालामा १ सय ६५ वटा निर्वाचन क्षेत्रीय स्तरीय सडकहरु निर्माण अन्तर्गत ४० करोड रुपियाँमा १० किलोमिटर सडक निर्माणको लागि कालोपत्रे गर्ने ठेक्का लागेको छ । १२ लाख २ करोड रुपियाँ साँवा डाँडा सिक्रालको लागि बहुवर्षीय आयोजना अन्तर्गत हामीले बजेट विनियोजन गरेका छौँ । चिसापानी पुरानागाउँ खण्डमा प्रदेश सरकारले सडक कालोपत्रे विकासको कामलाई अगाडि बढाएको छ । जुनजुन क्षेत्रमा सडक पुगेको छैन । त्यहाँ हाम्रो नगरपालिकाले काम गर्ने छ । तर नगरको सिमित स्रोत साधन २ करोडले १ किलोमिटर कालोपत्र नहुने र यो खर्चालु योजना पनि भएकोले बाँकी १२ करोडले कति कालोपत्रे होला र तैपनि हामी हाम्रो काम अगाडि बढाइरहनेछौँ ।

प्रश्न ः करोडौँ रकम सडकको लागि खर्च भइसकेको छ । स्थानीय सरकार बनिसकेपछि निर्माण भएको सडकहरुमा यातायातको साधन खासै गुडेको पाइन्न ? ती सडकले गर्दा बिभिन्न बस्तीहरु जोखिममा परिरहेको अवस्था छ । कच्ची सडक निर्माण गर्ने र जुन सडक उपयोगमा आउदैन । ती सडक नगरपालिकाले प्राथमिकतामा राखेको छ त ?
उत्तर ः मैले नगरस्तरीय आयोजनाहरुको बारेमा अघि नै भनिसकेको छु । पहिलो वर्ष रामेछाप जिल्ला भूकम्प प्रभावित जिल्लाको “क” वर्गमा रहेको थियो । निजी आवास पुनःनिर्माण गर्नुपर्ने पहिलो आवश्यकता थियो । स्थानीय जनसमुदायहरु कै तीब्र दबाबले घरघरमा निर्माण सामाग्री पु¥याउन बाटो पु¥याउनु पर्ने बाध्यता आदिका कारण चाहेर पनि हामीले सडक निर्माणको कामलाई रोक्न सकेनौँ । वडाका जनप्रतिनिधिहरुले पनि वडाबासीको सम्बोधनलाई पूरा नगरिकन अगाडि बढ्न नसक्ने अवस्था सृजना भयो । यसरी अस्वस्थ तरिकाले व्यक्तिका घरघरमा सडक पु¥याउने जुन अभियान हामीले चलायौ । त्यो नै वास्तवमा बाढी पहिरोको प्रमुख कारण बन्यो ।
वर्षादमा अत्याधिक पानी परेपछि बिभिन्न ठाउँहरुमा पहिरोको जोखिम भयो र यतिबेला हामी झलझली त्यस दिनलाई सम्झिरहेकाछौँ । अत्याधिक बर्षाले गर्दा यसपालीका सडकहरु भत्किएका छन् र अधिकांश सडकहरुमा गाडी गुड्दैनन् । मैले अघि नाम लिएका ८ वटा सडकहरु बाहेक अरु ठाउँमा सडकहरु खासै गुड्दैन् र गुडिरहेको छैन । खनिसकेको सडकहरुमा बाढी र पहिरोको कारणले सडकहरु अति जोखिमयुक्त अवस्थामा छन् ।

प्रश्न ः अति जोखिम बस्तीहरुको व्यव्स्थापनका लागि नगरपालिकाले के गर्दैछ ?
उत्तर ः तत्काल सहयोग गर्नु पर्ने ठाउँमा नगरपालिकाले सहयोग गर्छ तर सडककै कारणले बस्ती जोखिमयुक्त छन् त्यहाँको बस्ती स्थानान्तरण गर्न सक्ने स्थितिमा छैनौँ तैपनि जनधनको रक्षा गर्नु पर्ने हाम्रो दायित्व हो । हाम्रो आर्थिक क्षमताले भ्याएसम्म नागरिकहरुलाई सुरक्षित रुपमा राख्नको लागि स्थानीय सरकार, प्रदेश सरकार संघीय सरकार तथा विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर हामी यसको बारेमा पहल गर्नेछाँै तर बस्ती स्थानान्तरण गर्न भने नगरपालिका एक्लैले सक्दैन ।

प्रश्न ः नगरपालिकाको क्षेत्रभित्र अहिलेसम्म देखाउन लायक निर्माण गरेका पूर्वाधारहरु कुन कुन हुन् ?
२०७४ साल जेठ ५ गतेबाट हामीले हाम्रो कार्यभार सम्हालेका हौँ । खुर्कोट, मन्थली र देबिटार अनि त्यसको बीचमा लिखु तामाकोशी गाउँपालिका पर्दछ । पुष्पलाल राजमार्ग कालोपत्रको चरणमा थियो, पछि भैसेश्वर रामेछाप १४ किलोमिटर, अर्को २ किलोमिटर कालोपत्रेको काम भयो । आज सुनारपानी सालु सडकमा ९ किलोमिटर कालोपत्रेको काम पनि गरेकाछौँ । भुत्या खोला कठाजोर सडक खण्डको ४ किलोमिटर पनि कालोपत्रै गरेका छौँ । नगरपालिका आफैले देबकोटा चोकबाट बसपार्क जाने प्रहरी बिट हुँदै बसपार्क जाने सडकमा १ कि.मि ५०० मिटर सडक कालोपत्रे गरेका छौँ । नेपाल सरकारको शहरी विकास आयोजना अन्तर्गत मन्थलीको जिल्ला प्रशासन कार्यालय जानेबाटो कालोपत्रे भएको छ । त्यस्तै हाटे चौउरदेखि ट्राफिक बिटसम्म कालोपत्रे भएको छ । गेलुमा नगरपालिकाको सहभागितामा संघ र प्रदेशको सहयोगमा ६ किलोमिटर सडक कालोपत्रे भएको छ । चिसापानी पुरागाउँ जाने बाटोमा १ वर्ष ६ महिना भित्रमा ९ किलोमिटर कालोपत्रे भइसक्छ । प्रदेश सरकार आफैले मन्थलीको मदन भण्डारी चोकदेखि रालटार, सानीमदौदेखि रणजोरको फेदीसम्म ९ किलामिटर कालोपत्रे गरिएको छ । आकासे पुलदेखि मुगिटार हुँदै भटौली खोलासम्म प्रदेश सरकारले ६ किलोमिटर सडक कालोपत्रे अभियान गरेको छ । देबिटार फुलासी सडक अन्तर्गत ५ किलोमिटर सडक नगरपालिका, प्रदेश र संघीय सरकारको सहयोगमा कालोपत्रे भइरहेको छ । यी सबै आयोजनाहरु वहुवर्षीय आयोजनाको रुपमा चलिरहेका छन् । कालोपत्रेले नछोएका वडाहरुका लागि पनि वहुवर्षीय आयोजनाको रुपमा अभियान चलाउदै छौँ । पूर्वाधारका हिसाबले १२ वटा सडकलाई २४ सै घण्टा यातायात चल्ने गरी निर्माण गरेका छौँ । यस हिसावले हामीले धेरै प्रगति गरेका छौँ ।

प्रश्न ः चुनावको समयमा हरियाली मन्थली लगायत विभिन्न नाराहरु ल्याउनु भएको थियो ती कार्यक्रम कति अगाडि बढे, कति बढ्न बाँकी छन् ?
उत्तर ः २०४७ सालको मन्थली र अहिलेको मन्थलीमा धेरै परिवर्तन आएको छ । पहिलेको तुलनामा अहिले हरियाली भएको छ । नगरपालिकाले वातावरण परियोजनासँग समन्वय गरेर काम गरेका छौँ । आहालहरु खनेका छौँ । वडा नं १ देखि वडा नं ८ मा मन्थली नगरपालिका, वातावरण परियोजना र नेपाल सरकारको जलधार क्षेत्रबाट हामीले ३४ वटा आहालहरु खनेका छौँ । ३ वर्षे कार्यकालमा वातावरण परियोजनाले लगभग १० लाख बिरुवा बितरण गर्नेछ । सबै बिरुवा हुर्काउन सकिदैन तर आधाको आधा २५ प्रतिशत मात्रै बिरुवा हुर्काउन सकियो भने त्यो पनि त्यसले परिणाम देखिन्छ । तर भनेजति हुन सकेको छैन हामीले त्यसलाइ स्वीकारेका छौँ ।

प्रश्न ः अब बाँकी कार्यकालमा केके गर्ने योजना छ ?
पहिलो प्राथमिता त हामीले मानव बस्ती विशिष्ट क्षेत्र बनाउने हो भने हामीले शिक्षालाई जोड दिन जरुरी छ । अर्को कुरा स्वास्थ्य सुविधामा पनि पहूँच पु¥याउन जरुरी छ । त्यस्तै पशु, कृषि र कुटिरमा जोड दिन जरुरी छ । नगरले १५ शैयाको अस्पताल बनाउनका लागि अस्पतालको काम पनि सुरु भइसकेको र आगामी दुई वर्षसम्म अस्पताल पनि सञ्चालनमा आइसक्नेछ ।

प्रश्नः शिक्षामा सुधार के कारणले ल्याउन सकिएन ?
उत्तर ः विद्यालय चलाउने होडबाजी चलायौँ । अहिले पनि धेरै विद्यालयहरुमा दरबन्दीका शिक्षक छैनन् । नगरमा पहिले ८० वटा विद्यालय थिए । अहिले ६६ वटा छन् । विद्यार्थी नभएका विद्यालयहरुलाई गाभ्न लाग्यो अभिभावक दिदैनन् । योग्य शिक्षकको पनि अभाव छ । अनि कसरी गुणस्तरीय शिक्षा सम्भव छ त । शैक्षिक संस्था कोरोनाको कारण बन्द छन् । वैकल्पिक शिक्षा लागू गरेका थियौ तर विद्युत गइरहने समस्याले त्यो पनि प्रभावकारी हुन सकेन । विद्यार्थीहरुमा पढ्नुपर्छ र शिक्षकले पढाउनुपर्छ भन्ने भावना नै हट्न थालिसकेको छ ।

प्रश्न ः त्यस्ता शिक्षकलाई अनुगमन गरेर कारवाही गर्न सकिदैन ?
उत्तर ः पहिलो कुरा कसलाई कारवाही गर्ने ? शिक्षकको सरुवा ग¥यो भने सर्वोच्च अदालतमा मुद्दा हाल्छन् । मन्थली नगरपालिका ४ वर्षदेखि त्यहि मुद्दा खेपिरहेको छ । पुरानागाउँमा प्रधानाध्यापकले गल्ती गर्नुभयो, त्यहाँ पोशाक भत्ता, छात्रवृत्ति केही वितरण गरेको छैन । हामीले प्रधानाध्यापकलाई बोलाएर कुरा ग¥यौँ । उहाँ भलुवाजोर जान राजी हुनु भयो तर उहाँले नै सर्वोच्च अदालतमा मुद्दा हाल्नुभयो अनि कसलाई के कारवाही गर्नु । नगर शिक्षा समितिले विषयगत शिक्षकहरुलाई बाँडफाँट गरौ भनेर निर्णय ग¥यौँ । अहिले त्यसको पनि मुद्दा छ । अनि १२ कक्षासम्म नगरले अनुगमन गर भन्छ संविधानले तर एउटा स्थानीय तह भन्दा पनि प्र.अ नै शक्तिशाली छ । हामीले शिक्षामा चाहे जस्तो काम गर्न सकेनौ ।
प्रश्न ः बाँकी कार्यकालमा के कति कामहरु सम्पन्न गर्न सक्नुहुन्छ ?

उत्तर ःसकेजति काम अन्तिमसम्म पनि हामी गरिरहनेछौँ । यो हाम्रो प्रतिबद्धता भयो । अर्को कुरा १५ वर्षपछि निर्वाचन भयो हामी सिंह जस्तै गर्जेर आयाँै तर हाम्रो अधिकार कति थियो, हाम्रो कानूनले के भन्थ्यौ, स्थानीय सरकारले के भन्थ्यो, हामीले यस्तो बारेमा कहिले बुझ्ने प्रयास गरेनौँ । अनुसूची ८ ले एकल अधिकारको व्यवस्था गरेको छ कि एकल अधिकारको ऐन कानून बनाएर हामीले कामहरु गरिरहकाछौँ । सयुक्त अधिकार स्थानीय, केन्द र संघले कयौँ कानूनहरु बनाइसकेको छैनन् । यसले गर्दा काम गर्न पनि कठिनाइ भयो । मन्थलीमा दूध छेलोखेलो छ । यसै वर्ष मात्र ५० वटा होलस्टेन जातका गाईहरु कृषकहरुलाई वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा मन्थलीमा २४ वटा स्वास्थ्य केन्द्रहरु निर्माण गरेकाछौँ । सुशासनमा हामी अगाडि छौ । यसैको संस्थागत विकासमा हामी लागेका छौ । त्यति बेलासम्म फेरी अर्का लायकको काम थपिने अवस्था पनि छ ।

 

Facebook Comments Box
ad