जीप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

प्रदेश ३ बिशेष समाज

रामेछाप । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित बोक्सेको भिरमा जीप दुर्घटना हुँदा जिपमा सबार तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने जीपमा सबार एक बालक घाइते भएका छन् ।

बिहिवार विहान काठमाण्डौंवाट छिमेकी जिल्ला ओखलढुङ्गाको खिजीफलाटे तर्फ हिडेकोे प्रदेश नम्वर ३–०१–०२३ च ३५१३ नम्वरको डबल क्याव बलेरो रामेछापको मन्थली स्थित बोक्सेको भिरमा दुर्घटना भएको हो । जिप दुर्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजीफलाटे गाउँपालिका वडा नं–६ का एकै घर परिवारका चालक लाक्पा दोर्जे शेर्पा उनकी श्रीमती  फुर्वा शेर्पा र गाडीधनी वाङछे शेर्पाकाे घटनास्थलमा नै ज्यान गएको छ ।

सोही गाडीमा सवार १० वर्षिय बालक पेम्वा शेर्पा भने गम्भिर घाइते छन् । उनको मन्थली स्थित तामाकोशी अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारकाे लागि काठमान्डाैं पठाइएकाे छ । जिप सडकवाट करिव ५ सय मिटर तल भिरमा खसेर क्षतविक्षत अवस्थामा रहेको छ । के–कती कारणले जीप दुर्घटना भएको सो बिषयमा अनुसन्धान भइरहेको र मृतकको शव घटनास्थलवाट निकाली पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको  छ भने आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box
ad