रामेछापमा पाँच जना जनप्रतिनिधिले एमाले त्यागे

प्रदेश ३ राजनीति

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत सहित अन्य चारजनाले नेकपा एमाले त्यागेर समाजबादी पार्टीमा लागेका छन् ।


नेकपा एमाले फुटेसँगै उनीहरुले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजबादी पार्टीमा विधिवत रुपमा प्रबेश गरेका हुन् । नेकमा समाजबादीमा जानेहरुमा मन्थली नगरपालिका वडा नं १२ गेलुका निर्वाचित वडा सदस्यद्धय लिलाबहादुर बुढाथोकी र उमेश कार्की रहेका   छन् । त्यसैगरी लिखु तामाकोशी गाउँपालिका वडा नं ७ की वडा सदस्य भिमलक्ष्मी सार्कीले पनि एमाले त्यागेर समाजबादी पार्टी रोजेकी छिन् ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टी संचालन गर्न नसकेको र दुई÷दुई पटक संसद बिघठन गरेको र पार्टीलाई मनलाग्दी ढंगले संचालन गरेका कारण आफुहरुले नेकपा एमाले परित्याग गरि माजवादी पार्टी रोजेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।


त्यसैगरी एमाले परित्याग गर्नेमा गोकुलगंगा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम खड्का रहेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरि नेकपा एमाले छाडेको जनाएका हुन् । जिल्ला निर्वाचन कार्यालयमा आएर मंगलवारसम्म पाँच जनाले सनाखत गरि नेकपा एमाले परित्याग गरेको जिल्ला निर्वाचन अधिकारी शम्भुकुमार कटुवालले बताए ।

Facebook Comments Box
ad