रामेछापमा नेपाली काँग्रेसको सभापति को ?

राजनीति

रामेछाप । नेपाली काँग्रेसको १४ औँ महाधिशवेशन नजिकिदै आएको छ । धेरै जिल्लाको वडा अधिवेशन सकेर नगर÷पालिका अधिवेसनको तयारीमा लागेका छन् । रामेछापमा भने २३ गते बुधबार वडा अधिवेसन हुन लागेको छ । यतिबेला काँग्रेसका सबै तहका नेताहरु वडा र नगर÷पालिकामा केन्द्रित भएका छन् ।
नेपाली राजनीतिमा एउटा छुट्टै ऐतिहासिक विरासत बोकेको पार्र्टी नेपाली काँग्रेस भएकोले रामेछापमा पनि विरासत धान्न सक्ने नेतृत्व आउन जरुरी छ । कांग्रेसको विरासत धान्न सक्ने व्यक्ति नेतृत्वमा आउछ या आउन्न भन्नेमा सबैको यतिबेला ध्यान केन्द्रित भएको छ । कांग्रेसले ७५ वर्षको लामो इतिहासमा थुप्रै उतार चढावहरू व्यहोरेको छ । एउटा जिउँदो पार्टीमा आन्तरिक कलह हुनु स्वाभाविक नै मानिन्छ । गुट र उपगुटको अन्तरद्वन्द्वले जिल्ला पनि पार्टी अछुतो भने देखिएको छैन । नेपाली काँग्रेस पार्टीभित्र अहिले केही अन्तरद्वन्द्व भए सबै तहका नेता तथा कार्यकर्ता १४ औँ महाधिवेशनमा जुटेका छन् । पार्टी भित्र यतिबेला केन्द्र, प्रदेश, जिल्ला, नगर र वडा सबै तहमा नेतृत्वको लागि ठूलो रस्साकस्सी चलिरहेको छ । काँगं्रेसको पनि अरू पार्टीको जस्तै समस्या भनेको केही नेतालाई देवत्व करण गर्ने शैली रहेको छ । मानौँ केही नेता बिना पार्टी चलाउन सकिँदैन कि भन्ने असक्षमता दोस्रो पुस्ता वा तेस्रो पुस्तामा देखिन्छ । चाकरी र चाप्लुसी गर्दै २–४ जनाको अगाडि पछाडि सम्पूर्ण पार्टी पंक्ति लागेको देखिन्छ ।
रामेछापबाट ५ जनाले सभापति पदको लागि दावी गरेको देखिन्छ । सभापति पदमा दावी गरेका ५ जना नेताहरुलाई तपाईको १४ औँ अधिवेशनमा सभापति पदको उम्मेदवार के का लागि र किन भनेर सोधेका थियो ।
अधुराकाम सम्पन्न गर्न ः न्यौपाने


लवश्री न्यौपाने फेरी एक पटक सभापति दो¥याउने तयारीमा रहेका छन् । न्यौपानेले १३ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए । न्यौंपानेले १३ औँ अधिवेशनमा आपूmले गरेको वाचा कतिपय अधुरो रहेकोले ती अधुरो काम सम्पन्न गर्न फेरी यस पटक आपूmले सभापति पद दावी गरेको बताएका छन् । न्यौपानेले भने स्थानीय प्रदेश र संघीय गरी तीन तहको निर्वाचन आफ्नो कार्यकालमा सम्पन्न हुनका साथै कोरोना भाइरसका कारण बन्दाबन्दी भएकोले आपूmले बाँचा गरेको काम सम्पन्न गर्न सकिन । ती बाँचा पूरा गर्न मेरो उम्मेदवारी रहन्छ । प्राविधिक कारण स्थानीय निर्वाचनदेखि प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस पराजित भएकोले अवको निर्वाचनमा जित दिलाउनु पर्ने भएकोले पनि आफ्नो उम्मेदवारी रहेको बताए । न्यौँपानेले भने “मैले मेरो कार्यकालमा बोलेको धेरै काम गरे । जग्गा भएर पनि वषौंदेखि भाडामा कोठा लिएर पार्टी चलाएको थियो । मेरो नेतृत्वमा भवन बनाए । पार्टी भित्रको धेरै साथीहरुको असहयोग हुँदा हँुदै भवन बनाएको छु । अब बाँकी काम सम्पन्न गर्नेछु ।” न्यौपानेले भने । देश बन्दाबन्दीमा जाँदा हामीसँगै बसेर छलफल र बहस गर्न सकेनौ । त्यसकारण पनि हामी बीच दूरी बढेर गएको हो । अब सबै नेताहरुसँग सम्बन्ध सुधार गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधुरा काम सम्पन गर्नेछु र पार्टीलाई एक ढिक्का बनाएर अघि बढनेछु ।
पार्टीलाई चलायमान बनाउन ः के सी


अर्जुन केसी १२ औँ र १३ औँ महाधिवशसनका सभापति पदका निकटतम प्रतिद्वन्द्वी हुन । के सी १२ औँ अधिवेशनमा रामचन्द्र खड्का र १३ औँ अधिवेशनमा लवश्री न्यौपानेसँग सभापति पदमा पराजित भएका थिए । यसपटक पनि केसीले सभापति पदको लागि दावी गरेका छन् । केसी ले नेपाली काँग्रेसको संगठन दिन प्रतिदिन कमजोर हुँदै गएको र पार्टीलाई चलायमान बनाउन अरुले नसकेको कारण पार्टीलाई चलायमान बनाउन सभापति पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । तीन तहको निर्वाचनको नतिजाले पनि काँग्रेसको संगठन दिन प्रतिदिन कमजोर हुँदै गएको देखाएको छ । रामेछापमा नेता र नेतृत्व बीच सँधै असहमति रह्यो । कहिले पनि नेता र नेतृत्व बीच सहमति बन्न सकेन र काँग्रेसले संगठनलाई चलायमान बनाउन सकेन । नेता र नेतृत्व बीच आम सहमति गराएर नेपाली काँग्रेसलाई चलायमान काँग्रेस बनाउन आफ्नो उम्मेदवारी रहेको केसी को भनाइ छ । सधै नेता र नेतृत्व बीच असहमति रहिरह्यो । त्यसको अन्त्य गरी संगठनलाई चलायमान बनाउन पर्छ । नेतृत्वमा गएका ब्यक्तिले संगठन विस्तार गर्न र संगठनलाई चलायमान गराउन कहिले पनि खोजेन । त्यसले संगठन कमजोर हँुदै गयो । नेपाल विद्यार्थी संघ, तरणदल लगायत भातृ तथा शुभेच्छुक संस्थाहरु प्रयोग गर्न सकेन । न.ेवि.संघ, तरुणदल भनेको काँग्रेसको नर्सरी हो । नर्सरीका विरुवाहरुलाई मलजल गर्न नखोज्दा संगठन कमजोर भएको हो । म सभापति पदमा निर्वाचित भएसँगै भातृ तथा शुभेच्छुक संघसंस्था र नेताहरुलाई आम सहमतिमा ल्याएर संगठनलाई चलायमान बनाउनेछु ।
संगठनमय काँग्रेस बनाउनः महत


१३ औँ अधिवेशनमा सभापतिका उम्मेदवार बनेका कृष्णबहादुर महत यस वर्ष पनि सभापति पदको लागि दावी गरेका छन् । नेता महतले नेपाली काँग्रेसमा गुट उपगुटका कारण धेरै अन्तर कलह बढेकाले अन्तर कलह अन्त्य गरी संगठनमय काँग्रेस बनाउन आफ्नो सभापति पदमा उम्मेदवार रहेको महतले बताए । महतले भने नेपाली काँग्रेसमा भएको अन्तर कलह अन्त्य गर्नु मेरो पहिलो विषय हो । पार्टी भित्र ठूलो अन्तर कलह छ । अन्तर कलह र गुट उपगुटका कारण नेपाली काँग्रेसले तिनै तहको निर्वाचनमा पराजित ब्यहोर्न प¥यो । मैले सभापति पद सम्हालेपछि सबैसँग सामुहिक छलफल गरेर पार्टीलाई अगाडि बढाएर अन्तर कलहको अन्त्य गरी पार्टीलाई एकतामा बाँधेर अब आउने निर्वाचनमा सबै स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई निर्वाचित बनाउनु हो । सबै खाले अन्तर कलह अन्त्य गरी संगठनलाई मजबुत बनाउने लक्ष्यका साथ सभापति पदमा आफ्नो उम्मेदवारी रहेको नेता महतको भनाई छ ।
संगठन बलियो बनाउन ः कान्छाराम


पुर्ण बहादुर तामाङ (कान्छाराम) प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । कान्छाराम प्रतिनिधिसभाको निर्वाचनमा श्यामकुमार श्रेष्ठ (कुशल) संग पराजित भएका थिए । कान्छारामले नेपाली काँग्रेसको संगठन एकदम रामेछापमा कमजोर भएको कारण संगठन बलियो बनाउन सभापति पदमा आफ्नो दाबी रहेको बताएका छन् । कान्छारामले भने म सभापति भएसँगै संगठन निर्माणलाई विशेष ध्यान दिनेछु । रामेछापका नागरिकको इच्छा चाहानालाई बुझेर काम गर्नेछु । विकाश निर्माणको कामलाई ध्यान दिनेछु । अहिले पार्टी भित्र बिभिन्न गुट र उपगुट निर्माण हुँदा संगठन कमजोर भएको छ । सबैलाई एक ढिक्का बनाएर अब आउने तीन तहको निर्वाचनमा नेपाली काँग्रेसको सबै उम्मेदवारहरुलाई जिताउने गरी संगठन विस्तार गर्नेछु । सभापतिमा निर्वाचित भए लगतै पाँच हजार भन्दा बढी युवाहरु काँग्रेसमा पवबेश गराएर पार्टीलाई मजबुद बनाउनेछु । निर्वाचनमा म बाहेक अन्य साथीहरु लडे पनि निर्वाचन जिताउने गरी लागी पर्नेछु ।
गुट उपगुटको अन्त्य गरी कांग्रेसमय रामेछाप बनाउन ः चौलागाई


रामेछाप जिल्लामा तल्लो तहसम्म गुट उपगुटले जरो गाडेको कारण नेपाली काँग्रेस कमजोर हँुदै गएकोले सबै भन्दा पहिला गुट उपगुटको अन्त्य गरी रामेछापलाई काँग्रेसमय रामेछाप बनाउन सभापति पदमा आफ्नो उम्मेदवारी रहेको नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधिसमेत रहेका भरत चौंलागाईले बताएका छन् । चौलागाईले भने जिल्लामा वडा तहसम्म गुटको प्रभाव परेको छ । त्यसको अन्त्य नभए सम्म नेपाली काँग्रेसले कहिले पनि विजय हासिल गर्न सक्दैन । काँग्रेसले तीनै तहको निर्वाचनमा विजय हासिल गर्ने हो भने सबै भन्दा पहिला गुट उपगुटको अन्त्य गर्नु पर्छ । गुट उपगुटको अन्त्य गरेपछि मात्र रामेछाप काँग्रेसमय बन्नेछ । म मेरो कार्यकालमा ीतन तहको निर्वाचनमा सबै काँग्रेसको उम्मेदवारलाई विजय गराउनेछु । तीन तहको निर्वाचनमा काँग्रेको उम्मेदवारलाई निर्वाचित गर्न मैले मेरो सबै विवेक प्रयोग गर्नेछु । सबै काँग्रेसका सदस्यलाई म काँग्रेसको कार्यकर्ता हो भनेर खुलेर हिड्ने वातावरण बनाउनेछु ।

Facebook Comments Box
ad