मन्थलीमा भदौ २५ बाट भौतिक उपस्थितीमा पठनपाठन हुने

प्रदेश ३ शिक्षा

रामेछाप । मन्थली नगरपालिकाको नगर शिक्षा समितिको शुक्रवार बसेको बैठकले भदौं २५ गतेबाट भौतिक उपस्थितीमा विद्यालयको पठनपाठन शुरुवात गर्ने निर्णय गरेको छ ।

यसअघि जिल्लामा कोरोना संक्रमणका बिरामी बढेसँगै बैशाख महिनादेखी सबै विद्यालयका पठनपाठनहरु पूर्णरुपमा बन्द गरिएको थियो । संक्रमण दर बढेको बेला शिक्षकहरुले अनलाइन मार्फत बालबालिकालाई पढाउँदै आएका थिए । पछिल्लो समय जिल्लामा संक्रमण दर घट्दै गएपछि मन्थली नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सबै सामुदायिक र निजी विद्यालयको पठनपाठन शुरुवात गर्ने निर्णय गरेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।

उनले भने– कोरोना महामारीका बिरामीहरु घटेसँगै नगरपालिकाले विद्यालय खुलाउने निर्णय गरेको हो । विद्यालय खुलेपनि विद्यालय प्रशासनले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार दुरी कायम गर्ने, सबै विद्यालयमा सावुन पानीको व्यवस्थापन गर्नुपर्ने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने लगाएतका सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने छ ।

Facebook Comments Box
ad