काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट

राजनीति

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । (कोभिड–१९) कोरोना महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् । बिहीबार सर्वोच्चमा अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत सर्वोच्च अदालतमा रिट दायर भएको सर्वोच्चले जनाएको छ । रिटमा कोरोना महामारीका कारण दशौँ हजारको उपस्थितिमा महाधिवेशन गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भनिएको छ । वैद्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ । महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

Facebook Comments Box
ad