पौडि खेल्न गएका दुई बालिकाको शब फेला

प्रदेश ३ समाज

रामेछाप । घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालीकाको शव बुधवार साँझ भटौली खोलामा फेला परेको  छ ।

खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाउँदा खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबास तारमणी बस्ने वर्ष ११ की अनिसा तामाङ र १२ वर्षिय बालिका मनिता सार्कीको ज्यान गएको हो । उनीहरुसँगै खोलामा पौडी खेल्न गएकी मेलिना रोका भने पौडिएर बाहिर निस्कन सफल भएकी थिइन । बालिकाहरु भटौली गाउँपालिका वडा नं ५ पकरवास स्थित केउरीनि खोलामा पौडि खेल्दै गर्दा अचानक खोलाले बगाएको थियो ।

खोलाबाट पौडिएर ज्यान जोगाउन सफल भएकी मेलिनाले घटनाको बिषयमा आफ्ना अभिभावकलाई बताएपछि खोजी कार्यको लागि अभिभावकहरु खोला किनारमा गएका थिए । स्थानियले दुवै बालिकालाई नभेटेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट खोजीको लागि गएको प्रहरी टोली र स्थानियहरु समेत खोजी कार्यमा जुटेका थिए ।

खोजी गर्ने क्रममा मनिताको शब मन्थली नगरपालिका वडा नं ७ भटौली खोलाको किनारमा र अनिसाको शव पकरवास स्थित थाक्ले खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार– मृतक दुबै बालिकाको शव पोष्र्टमार्टमको लागि बिहिवार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको र हाल पोष्र्टमार्टम भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

Facebook Comments Box
ad