घरेलु हिंसा सम्वन्धी एकदिबसिय तालिम सम्पन्न

Uncategorized

रामेछाप । जिल्लामा रहेर विभिन्न सामाजिक र धार्मीक क्षेत्रमा काम गर्दै आएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघको आयोजनामा एकदिने घरेलु हिंसा सम्वन्धी तालिम शनिवार सम्पन्न भएको छ ।


त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघको आयोजनामा मन्थली नगरपालिका वडा नं ४ सालुमा घरेलु हिंसा सम्वन्धी एक दिवसिय तालिमको आयोजना गरिएको हो । तालिममा मन्थली नगरपालिका वडा नं ४ का महिलाको ठूलो संख्यामा उपस्थिती रहेको थियो । सहभागीहरुलाई घरेलु हिंसाको बिषयमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापकी अध्यक्ष पार्बती भट्ट, नेपाल महिला मगर संघकी अध्यक्ष तारा राइका भण्डारी र बरिष्ठ चिकित्कस डा.सुमन कर्माचार्यले प्रशिक्षण दिएका थिए ।


त्यसैगरी सोही कार्यक्रमको अवसर पारेर सालुमा रहेका गर्भवती महिलाहरुलाई फलफुल तथा कोरोना महामारीवाट जोगिन माक्स समेत वितरण गरिएको थियो । त्यस्तै गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको बारेमा डा.सुमन कर्माचार्यले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्नुको साथै सालुका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरुको मुटुरोग र छारेरोग सम्वन्धि चेकजाँच र उपचार समेत गरिएको नेपाल महिला मगर संघकी जिल्ला सचिव मिश्रा आलेले जानकारी दिइन ।

Facebook Comments Box
ad