मन्थली खिम्ती सडक अवरुद्ध

Uncategorized

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग खोलामा पहिरो जादा मन्थली खिम्ति सडक अबरुद्ध भएको छ । तिनदिन देखी परेको अविरल वर्षाको कारण पुष्पलाल मार्ग अन्र्तगत तिल्पुङ्ग खोला नजिकै गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । मन्थली खिम्ति सडक खण्डको तिल्पुङ छाँगामा पहिरो गएको सडक डिभिजन कार्यालयका कर्मचारी विनोद दाहालले जानकारी दिए । सडक माथिबाट ठूलो पहिरो खसेर सडक अवरुद्ध गरेको छ । डोजर प्रयोग नगरी पहिरो हटाउन सकिने अवस्था नभएको उनले जानकारी दिए । अहिले पनि वर्षा भइरहेकोले थप पहिरो जाने जोखिम जारी छ ।
सडक अवरुद्ध हुँदा तराईबाट रामेछापका विभिन्न स्थान र दोलखा तर्फ हिँडेका मालबहाक सवारी साधन रोकिएका छन् । यसैगरी रामेछाप र दोलखाका विभिन्न क्षेत्रबाट काठमाडौं जाने यातायात साधन पनि पहिरोले अवरुद्ध भएका छन् ।

Facebook Comments Box
ad