देशभर भारी वर्षा हुने

Uncategorized

रामेछाप । जल तथा मौसम पूर्वानुमान महाशाखाले वुधवार (आज) देशभर भारी वर्षाद हुने सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देखी मौसममा सामान्यदेखी पूर्ण रुपमा बदली रही धेरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षादको सम्भावना रहेको जनाएको छ । महाशाखाका दिएको जानकारी अनुसार प्रदेश १, २ र बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाद हुने सम्भावना रहेको छ ।

अहिले प्रदेश १,२, बागमती र गण्डकीमा वर्षाद भइरहेको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको हुँदा वर्षाद हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box
ad