दोलखामा एमाले र कांग्रेस परित्याग गरि माओवादी प्रवेश

Uncategorized

दोलखा । नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी दोलखामा नेकपा माओवादी केन्द्रमा एक दर्जन भन्दा बढी नेता तथा कार्यकता प्रबेश गरेका छन । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको वडा भेलामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकताले पार्टी परित्याग गर्दै १७ जना नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।
सोही भेलाले निरे तामाङको नेतृत्वमा ५१ सदस्यीय वडा समिति समेत गठन गरेको छ । भेलाले वाइसीएल वडा अध्यक्षमा छिरिङ तामाङ, महिला संगठन अध्यक्षमा माया तामाङ,विद्यार्थी संगठनको अध्यक्षमा फुलमाया तामाङ र किसान संगठनको अध्यक्षमा कबिता तामाङ चयन गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका सदस्य कुलबहादुर बुढाथोकीले माओबादी केन्द्र अब नेपालको सबै भन्दा ठुलो शक्तिm बन्ने बताए । जब सम्म नेकपा माओबादी केन्द्र देशको ठुलो पार्टी बन्दैन तब सम्म देशले निकास नपाउने बताए । साथै अब हुने स्थानिय निर्वाचनको तयारी गर्न समेत आग्रह गरे । त्यस्तै गरी कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका गाउँपालिका इन्चार्ज सञ्जिवओलीले अहिलेको यो कठिन परिस्थतिमा देशलाई निकाश र विकाश दिने माओवादी केन्द्र र्नै भएको दावी गरे । ओलीले एमाले र कांग्रेस परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रबेश गरेकोमा स्वागत गर्दै नेकपा माओबादी सधै सर्बसाधरणको पक्षमा रहेको बताए ।

Facebook Comments Box
ad