हवाई जहाजको सम्झना

Uncategorized

टीकाप्रसाद भट्ट
रामेछापमा विमानस्थल छ । तर यात्रुवाहक जहाज चल्दैनन् अहिले । केहि बर्ष अघि देखि सेवा वन्द भयो । फेरी संचालनको माग गर्ने आवाज ठुलाले माथिल्लो तहमा पु¥याउदैनन् । सानाले वोलेको माथिकाले सुन्दैनन् ।
वायुयान संचालन हुदाँ रामेछापबासीलाई फाईदा थियो । विरामी, गर्भवति र सुत्केरी, वृद्धवृद्धा लगाएत सवैलाई । त्यसका अतिरीक्त अन्यलाई पनि जहाज सहज यात्रा हुनेनै भयो । त्यसबेला रामेछापमा सडक सञ्जाल नभएकाले धेरैका लागि झण्डै १६ बर्ष काठमाण्डौं ओहोर दोहोर गर्ने माध्यम करिव करिव हवाई जहाजनै भयो । सडक मार्ग बाट रामेछाप २०५६ सालमा मात्र जोडियो । त्यो पनि भरपर्दो यात्रा थिएन । सडक जोडिएको २।३ बर्ष सडक यातायात बर्षायाममा अनिश्चित जस्तै थियो । हिडेर देविटार पुगेपछि बल्ल मोटर चढ्न पाईने । देविटारबाट लोकल वसमा काठमाण्डौं पुग्न १० घण्टा जस्तो लाग्थ्यो । त्यहि भएर पनि जहाजमा धेरै र सडक मार्गबाट कम यात्रा हुन्थ्यो ।
२०५९ पछि सडक सहज त भयो तर माओवादी युद्धको कारण यात्रा सहज भएन । ठाउँ ठाउँमा सेनाको चेकका कारण झर्दै शरिर र सामान चेक गराउदै हैरान हुनुपर्ने बाध्यता थियो । रामेछापबाट नलिन्चोक नपुग्जेल धेरै ठाउँमा चेक हुन्थ्यो । कहिले प्रहरीको त कहिले सेनाको । किर्ने, तामाकोशी, चरिकोट, खरिढुंगा, खाँडिचौर,बनदेउ, दोलालघाट, पाँचखाल, धुलिखेल, नलिञ्चोकमा अनिवार्य चेक हुन्थ्यो । त्यसभन्दा बाहेक कुनै कुनै बेला माओवादीले समेत गाडिको खानतलासी लिएर प्रहरी र सेना भए नभएको कुरा वुझ्थे । सवै यात्रु त्रासमा हुन्थे । त्यहि भएर पैसा नहुदा नहुदै पनि जहाजमा यात्रा हुन्थ्यो । जहाज धेरै खर्चिलो पनि थिएन ।
हालको मन्थली नगरपालिका वडा नम्बर १ मा पर्ने ‘केराबारे चौर ’ ( जुन चौर तामाकोशीको विचको टापु थियो, बर्षायाममा भंगालोले घेर्ने भएकाले टापुमा जान सकिदैनथ्यो , स्थानीय माझीहरु गाईवस्तु चराउथें ) २०३५ सालमा तत्कालिन पञ्चायति नेता नबराज सुवेदीको पहलमा पिलाटसपोर्टर जहाज अवतरण गराईयो । जहाज अवतरण गर्दा विमानस्थल वनाइएकै थिएन् । राम्रो हैसियतको चौर भएकाले त्यसै परिक्षण गराइयो । सफल भयो । त्यसपछि विमानस्थलमा मार्किङ लगाएतका काम भए र नियमित यात्रुवाहक जहाज सुरु भएको हो । केहि बर्ष पछि २०३७ सालमा विमानस्थल विस्तार भएर टुईनअटर ( जुन अहिलेको अवस्थाको विमानस्थल ) वस्न सक्ने वनाइएको हो ।
जहाज चल्न थालेपछिका मेरा अनुभव
पहिलो जहाज जब परिक्षणका लागि आएको थियो , त्यतिवेला विहानको झण्डै १० बजेको थियो । म घरमा भात खादै थिए । त्यसबेला ७÷८ बर्षको थिए म । विमानस्थल भन्दा सिधा माथिको डा“डामा हाम्रो घर पर्छ । उचाईबाट आएका जहाज हाम्रै गाउ“ माथिबाट टेकनपुर तिर जान्थे र घुमेर विमानस्थलमा अवतरण गर्थे । त्यो दिन आवाजले हामी थर्थर भयौं । अहिले सानो लाग्ने त्यो जहाज घर माथिबाट उड्दा खसेर मार्लाकि जस्तो । के हो के ? कस्तो ठुलो आकार र आवाज । जुठै हात भुईंमा नहेरी जहांज हेर्दै घर मुनिको बारीको डिलमा पुगेर हेरेको याद अझै ताजै छ । त्यसभन्दा अघी आकाशमा प्लेन त देखेका थियौं, तर धेरै सानो आकारमा ।
केराबारे चौरबा जब ७ सिटे पिलाटसपोर्टर जहाज यात्रु बोकेर उड्न थाल्यो, त्यसपछि हामी केटाकेटिको ‘केराबारे चौर ’ मा आउने जाने क्रम बढ्यो । एकजना विदेशी (गोरा ) क्याप्टेन थिए । स्वीस भन्थे । त्यसबेला विमास्थल वरिपरी तारबार भएको थिएन । हामी सहजै भित्र जान्थ्यौं । अगाडि अग्लो र पछाडि होचो जहाज विमानस्थलको छेउमा रोकेर ति गोरा क्याप्टेन तामाकोशीमा माछा मार्न जान्थे । माछा त बेसरी पाईन्थ्यो । साना ठुला माछाको बेग्लाबेग्लै समूह रहर लाग्दो तरिकाले किनार सम्मै खेल्दै आउथे । ति क्याप्टेन माछा मार्नका लागि किनारमा वसेर सकि नसकि ढुंगा हान्थे । उनले हानेको ढुंगाले के माछा मर्थे र † केहिबेर ढुंगा हानेर उनि फर्कन्थे । जहाजमा चढ्थे । हामी साना केटाकेटीहरु जहाजको वरिपरी झुम्मिन्थ्यौं । १ जना प्रहरी हुन्थ्यो , सुरक्षाका लागि । उसले कुदाउन त कुदाउथ्यो तर हामी कता कता बाट जहाज छुन पुग्थ्यो । जव जहाज स्टार्ट हुन्थ्यो , त्यसपछि केहि पछाडि वसेर त्यसले फालेको इन्धनको गन्ध सुघ्दै फालेको हावा र धुलो खाएर उभिन्थ्यौ । विदेशी निकै आंटिला र सुरा पाईलट थिए । केराबारे चौरबाट उडेको जाहाज पल्टाङपुल्टुङ पारेर उनि ओडारेको डाडां माथिबाट ( हालको जिल्ला प्रहरी कार्यालय पारी ) कटाउथे । हम्मेसी जहाज लिएर उनि नै आउथे । धेरै सिपालु भन्थे उनलाई । अरु क्याप्टेन आउदा उड्ने वित्तिकै आकाश छुने गरि जहाज उकालिदैनथ्यो । कुनाउरी तिरबाट विस्तारै माथि जान्थ्यो । तिरै सुरा र सिपालु भनेका गोरा क्याप्टेन सिराहा तिर धानबालीमा पिलाटस दुर्घटनामा परेर बिते रे भन्ने सुनेका थियौं । एकिन जानकारी त्यतिवेला हामीलाई के हुन्थ्यो †
सानो जहाज चल्दा सम्म हवाई सम्पर्क गर्ने टर्मिनल थिएन् । जसले जहाज र अरु टावर संगको सम्बन्ध स्थापित गर्दथ्यो । जहाज आउने नआउने कुराको सूचना रेडियो नेपालले वेलुका ९ वजेपछि दिन्थ्यो । भलुवाजोर तिरको डाडा“मा जहाजको आवाज सुनेपछि यात्रु, प्रहरी, हेरालु अनि विहान कर्मचारी केराबारे चौर तिर दगुर्थे ।
रामेछाप सदरमुकाम देखि हाकिम देखि नेताहरु घोडा चढेर विमानस्थलमा पुग्थे । विमान आउने दिन घोडाहरु अहिलेको नागकन्या स्कुल वरिपरीका बर पिपलको रुख तिर वांधेका हुन्थे । जहाजमा आउने र जाने घोडामा चढ्थे प्राय । हामीलाई घोडा देख्दा पनि एक प्रकारको आनन्द आउथ्यो । थरीथरीका रंग भएका बलिया, चिल्ला र आकर्षक घोडा ।
हाम्रो परम्परागत खेल हुतुतु, ढुङ्गा कुंदेर मोजाको वेरेको भकुण्डोले खेलिने गेम छदैथिए । तर ति प्लेन आएपछि ओझेलमा परे । सानो जहाज आउन थालपछि हामीले खेलौना पनि जहाजनै वनायौं । अहिलेको जस्तो वजार थिएन मन्थली । खेलौना पाईदैनथ्यो । काठलाई हसिया“ र बसिलाले तासेर जहाज वनाउथ्यौं । झ्यालहरु वनाउन कालो मसिको प्रयोग गर्दथ्यौं । ( पर बाट हेर्दा झ्याल जस्तो लागेपनि आखिर मसी हुन्थ्यो । ) प्लेनको पछाडिको ठा“डो पुच्छरमा रातो मसिले नेपालको झण्डा वनाउथ्यौ । अगाडिको फिरफिरे घर छाउन वनाएको बा“सको बाताको टुक्रा वनाएर बेलको खोटोले कागज टांसेर वनाउथ्यौं । त्यो फिरफिरे त्यसमा फिट गर्न का“टी र धागोको प्रयोग गथ्र्यौं । फालेका पायल चप्पल काटेर चक्का बाउथ्यौं र जोड्थ्यौं । जहाजको अल्फावेट समेत हुबहु नक्कल गरेर लेख्थ्यौं । मलाई सझ्ना छ, मैले वनाएको पहिलो जहाजको कलसाईन ‘नाईन एन एविसी’ थियो । तर त्यो किन लेखेको हो ? मलाई थाहा थिएन, अहिले जस्तो । हेर्दा नमुना जहाज जस्तो देखिन्थ्यो त्यो । अगाडिको फिरफिरे बेस्मारी घुम्थ्यो । हामी अलि बढी हावा खाउने डाडा“मा पुगेर आफैले वनाएको त्यो काठको पुन्टे जहाजलाई हातले समातेर दुगथ्र्यौंै । जहाजको आवाज (ह्वा“ गर्ने ) मुखले निकाल्थ्यौं र कुद्थ्यौं । फिरफिरे तिर हेरेर कुद्दा कति पटक औंलाका नङ उक्कीने गरी ठेस लागेको पत्तोनै हुदैनथ्यो । धेरै दिन दुख्थ्यो तर आवाज निकालेर फिरफिरे सहितको जहाज हात वोकेर कुद्न थोडिदैनथ्यो ।
पिलाटस जहाज चलेको केहि बर्षमै केराबारे चौर भन्दा उत्तरपूर्वको केहि जग्गा अधिग्रहण गरेर विमास्थल विस्तारको योजना भयो । नबराज सुवेदी हालको नागकन्या स्कुल नजिक बा“सको कत्तरको छाप्रो (क्याम्प) बनाएर बसेका थिए । म श्रमदान गरेर विमानस्थल विस्तार गर्छु भनेर उनले राजालाई भनेका र त्यसरी वसेका रे भन्थे गाउंतिर मान्छेहरु त्यसबेला । नभन्दै सुवेदीले पनि विमास्थल बनाउन श्रम गरे । मन्त्री पदमा बहाल भएको बेला आफैले ढुंगा बोक्न थालेपछि अरुले नबोक्ने कुरा भएन । कमिलाको तांति जस्तै मान्छेले लाईन लागेर विमास्थलमा माटो र ढुंगा थुप्रो लगाए । सुवेदीको अगुवाईमा रामेछापका धेरै नागरीकहरुले विमास्थलमा श्रमदान गरे । विमास्थलमा श्रम गर्नका लागि तत्कालिन गाउंपञ्चायतलाई पालो लगाइएको थियो ।
म त्यस समयमा मन्थलीको तत्कालिन महेन्द्रोदय निम्नमाध्यमिक विद्यालय ( हालको मन्थली मावि ) मा कक्षा २ मा पढ्थे । स्कुलको कक्षा ७ सम्मका सवै बालबालिकाहरु र शिक्षकहरु श्रम गर्न जान्थ्यौं । बेतको ढकी, फलामको कराई र कतिपयले त टपरीमा समेत माटो वोकेर खाडलमा हालेको सम्झना छ । केहि समय अघी सम्म शसस्त्र प्रहरीले व्यारेक वनाएको भवन भन्दा तल्लोपट्टी बर्षायाममा भंगालो आउथ्यो । त्यो गहिरो खाडल पुर्नका लागि धेरै माटो लाग्यो । हामीले हाल नागकन्या मावि भन्दा उत्तर तर्फको बारीबाट माटो बोक्थ्यौं । माटो खनेको ठाउं अझै गहिरो छ ।
माटो पुरेको स्थानमा जहाज अवतरण गर्दा भासिने डर थियो । त्यसलाई पेल्नका लागि अहिलेको जस्तो रोलर मेसिन थिएनन् । स्थानीय सिप प्रयोग गरेर सिमेन्टको बडेमाको रोलर वनाएर मान्छेले तान्ने र घचेड्ने गरेर माटो पेलेर धावनमार्ग दह्रो वनाइएको थियो । त्यसपछि टर्मिनल भवन समेत वन्यो । संचार सम्पर्क गर्ने अधिकारी वसे । विमान उडेको वेला साईरन वज्न थाल्यो । ठुलो १९ सिटे जहाजले हप्तामा ३ दिन यात्रु वोक्न थाल्यो । खचाखच हुन्थे यात्रु । टिकटका लागि मारामार हुन्थ्यो ।
तत्कालिन शाहि नेपाल वायु सेवा निगमको एकलौटी वजार थियो । पञ्चायत कालमा रामेछापको अञ्चल सदरमुकाम जनकपुर थियो । निगमले जनकपुरलाई पनि जोड्यो । काठमाण्डांैबाट रामेछाप आउने जहाज जनकपुर गएर फर्केपछि मात्र काठमाण्डौं जान्थ्यो । हप्ताको १ पटक । जनकपुरबाट सिमेन्ट, जस्ता, चुरोट, चामल लगाएतका सामाग्रि र यात्रु ओसाथ्र्यौै । मन्थली गाविसका पूर्व गाविस अध्यक्ष नारायणदाश श्रेष्ठ जनकपुरबाट धेरै कार्गो सामान ओसार्नेमा पर्दथे । उनी जहाज धेरै चढ्ने यात्रुमा पनि गनिन्थे । जहाज चढेर आउने जानको सान बेग्लै हुन्थ्यो ।
बहुदल आएपछि निजी क्षेत्रका बायुयान पनि थपिए । रामेछापलाई एभरेष्ट एयरले उडान गर्न थाल्यो । त्यसले उडानमा चकलेटका अतिरीक्त बदामको प्याकेट, कोक र क्यान वियर दिन्थ्यो । डोर्नियर विमानको सेवा नेपाल वायु सेवाको भन्दा छिटो थियो । निगमको जहाजलाई करिव २२ मिनेट लाग्ने रामेछाप काठमाण्डौंको हवाई दुरी डोर्नियरका लागि १४ देखि १६ मिनेट लाग्थ्यो । छोटो यात्रामा मज्जाले खान दिने भएकाले त्यसकै लोभले पनि एभरेष्ट एयर रुचाउने बढी हुन थालेका थिए । नेपाल वायु सेवाले चकलेट मात्र दिन्थ्यो ।
काठमाण्डौंबाट नजिक भएपनि दुर्गम भएकाले प्रचलित हवाई निती बमोजिम रामेछापमा सेवा दिन गोरखा, लुम्बिनी र तारा एयर आए । नेपाल वायु सेवा निगमले २०६४ सालको संविधानसभाको निर्वाचन पछि रामेछाप उडान वन्द ग¥यो । त्यसको ३ बर्ष सम्म रामेछाप विमानस्थलमा कुनै जहाजले यात्रुवाहक सेवा चलाएनन् । त्यसपछि तारा यएरले केहि बर्ष सेवा दियो । अहिले करिव ४ बर्ष भयो त्यो पनि वन्द छ ।

Facebook Comments Box
ad