बिपन्न परिवारलाई राहत वितरण

Uncategorized

रामेछाप । तामाकोशी पुस्तकालयले मन्थली नगरपालिका वडा नं २ को कठजोरका बिपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेको छ । पस्तकालयले रिड नेपाल र एएसविको आर्थिक सहयोगमा राहत वितरण गरेको हो । आर्थिक रुपमा बिपन्न, सामाजिक रुपमा पछाडि पारिएका तथा शारिरीक रुपमा अशक्त रहेका ६३ घर परिवारलाई राहत वितरण गरेको पुस्तकालयका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठले बताए । कोभिड १९ का कारण समस्यामा परेका दलित, विपन्न, एकल महिला, अपागंता भएका व्यक्ति, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, जेष्ठ नागरीकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको पुस्तकालयले जनाएको छ ।
वडा कार्यालयको समन्वयमा आवश्यकता पहिचाहन गरेर दैनिक गुजाराका लागि समस्या भएकाहरुलाई छनौट गरी राहत सामग्री वितरण गरिएको उक्त वडाका वडा अध्यक्ष तरणी शंकर अधिकारीले जानकारी दिए । पुस्तकालयले चामल, दाल, तेल, मसला, गेडागुडी, नुन, मास्क, सेनिटाइजर, थर्मोमिटर, सावुन, ब्रस, मन्जन लगायतका सामग्रीहरु वितरण गरिएको तामाकोसी पुस्तकालयले जनाएको छ ।

Facebook Comments Box
ad