विवाद समाधान नभए पुरानै क्रियाशीलबाट अधिवेशन

Uncategorized

रामेछाप । नेपाली कांग्रसमा नयाँ क्रियासिल सदस्यताको विषयलाई लिएर विबाद लामो समय देखी हुदै आएको छ । विवाद समाधान नभए पुरानै क्रियाशीलबाट अधिवेशन सम्पन्न गर्ने समेत विषयमा छलफल भएको छ । क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ,अब समायोजनको विवाद पनि टुंगिन्छ । मापदण्डको आधारमा समायोजन टुंगिएपछि नयाँको हकमा प्रक्रियागत छ भने मान्यता दिइन्छ, नत्र पुरानैबाट अधिवेशन गर्ने गरी अगाडि बढिन्छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले समायोजनका बारेमा कसरी जाने भन्नेमा कार्यदलमा समझदारी भएको बताए बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । सदस्यतामा सहमति जुटाएर शनिबारसम्म सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी रहेको कार्यदलका एक सदस्यले बताए । ‘अब ढिलो हुँदैन, सकेसम्म शुक्रबार नै सहमति जुटाएर सभापतिलाई बुझाउँछौं,’ ती सदस्यले भने, ‘हामी सदस्यता विवाद टुंग्याउन अन्तिम चरणमा पुगेका छौं ।’

Facebook Comments Box
ad