रामेछापका थापामगर सहित सात जना पक्राउ

समाज

काठमाण्र्डौ । रामेछाप घर भई काठमाण्डौें नयाँबजार बस्ने २७ वर्षीय दीपक थापा मगर, सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा उनीहरुलाई प्रकाउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख कृष्ण कोइरालले जानकारी दिए । लुटपाट भएको भन्ने निवेदनका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कोइरालले जानकारी दिए ।
मुख्य योजनाकार बझाङ घर भएका भक्तपुरको सूर्यविनायक बस्ने ३४ वर्षीय धर्म ओखेडा रहेको प्रहरीले बताएका छन् । पक्राउ पर्नेमा म्यानवपावर व्यवस्थापक समेत रहेका, रामेछाप घर भइ नयाँ बजार बस्ने २७ वर्षीय दीपक थापा मगर, काभ्रे घर भई नयाँबजार बस्ने २७ वर्षीय विशाल लामा, २३ वर्षीय योङ्देन लामा र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले यार्चागुम्बा किन्ने भारतको कास्मिर घर भई नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये एक जनाले किन्ने बहाना बनाएर लुटपाट गरेको प्रहरीले बताएको छ । लुटपाट गर्ने समूहसँगै एक जना किन्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मोहम्मद ईसाकबाट प्रहरीले सात किलो ७४० ग्राम यार्चागुम्बा बरामद गरेको छ । उनीहरूले गत आइतबार नयाँ बसपार्कमा दीपक लामा र सुरेश सापकोटबाट एक किलो यार्चागुम्बा लुटपाट गरेका थिए ।

Facebook Comments Box
ad