कोरोना संक्रमणबाट रामेछापमा एक जनाको मृत्यु

स्वास्थ्य

रामेछाप । कोरोना भाइरस (कोभिड–१९) बाट रामेछापमा थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट रामेछाप जिल्ला भित्र मृत्यु हुनेको संख्या यो संगै २३ पुगेको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले जानकारी दिए । रामेछाप नगरपालीका–५ रामपुरका ९५ वर्षिय महिलालाई साउन २५ गते स्वास्थ्यमा समस्या आएपछी उपचारको लागी अस्पताल भर्ना गरिएको थियो । सोहि दिन एन्टिजेन्ट परिक्षन गर्दा उनको कोरोना पोजेटिभ देखीएको थियो । उपचारको क्रममा जिल्ला अस्पतालमा उनको सोमबार बिहान ७ः ३० को समयमा मृत्यु भएको थापाले जानकारी दिए ।

Facebook Comments Box
ad