नेपालीको उद्धार गर्न सरकारद्वारा समिति गठन

Uncategorized

काठमाण्डौं । नेपालीको उद्दार गर्न नेपाल सरकारले एक समिती गठन गरेको छ । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीको उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । समितीले आइतबार बाटै काम सुरु गर्ने बताइएको छ ।
गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,रक्षा, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसिएमसीको सहसचिव तहको प्रतिनिधित्व हुने गरी समिति बनाइएको परराष्ट्र मन्त्रालयका सचिव पौड्यालले जानकारी दिए ।

Facebook Comments Box
ad