आफु राजिनामा दिएर पौडेललाई मन्त्री बनाउन तयार छुः मन्त्री ढुंगेल

प्रदेश ४ राजनीति

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्त्रीपद बाट आफुले राजिनामा दिएर भने पनी शान्ति पौडेललाई मन्त्री बनाउन तयार रहेको बताएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको सित्खा–भिरपानी–गोगनपानी जोडने कालोपत्रे सडकको उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । नेकपा एमाले रामेछापका इन्चार्ज समेत रहेका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले पार्टी एकताको लागि आफू शान्ति पौडेललाई मन्त्री बनाउन तयार रहेको बताएका हुन । उनले पार्टीको कार्यदलले तयार गरेको दस बुँदे सहमतिको प्रस्तावलाई पार्टीले अनुमोदन गरेकाले सोही अनुसार पार्टी एकताबद्ध हुने बताए । बागमती प्रदेश सरकार तत्काल केही नहुने बताउदै डोरमणि पौडेलकै नेतृत्वमा सरकार आगामी कार्यकाल अगाडि बढने दावी गरे ।
उनले भने,‘बागमती प्रदेशमा पाटी मिलाउदै छौ, अष्टलक्ष्मी शाक्य पार्टी एकता विपरीत अगाडि बढनु हुन्छ, हामीले बागमती प्रदेशबाट एकताको सन्देश दिन्छौं ।’ मन्त्री ढुंगेलले पार्टीको नेतृत्वमा भएको विकास निर्माणको विरोध गर्नेहरु अब एमाले हुन नसक्ने बताए ।

Facebook Comments Box
ad