पहिरोले ठाउ ठाउँमा पोल ढल्दा नियमित बिद्युत सञ्चालनमा समस्या

स्वास्थ्य

रामेछाप । अविरल बर्षासँगै आएको वाढी र पहिरोको कारण रामेछाप जिल्लामा बिद्युत नियमित सञ्चालनमा समस्या आएको छ । दोलखाको लामोसाँघु हुँदै मन्थली आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भए भए संगै जिल्लामा बिद्युत नियमित सुचारु गर्न समस्या परेको हो । मन्थली नगरपालिका–१३ मिल्तीको जिरो किलो पारिपट्टी तामाकोसी नदी किनारामा रहेको प्रसारण लाइनको पोल ५ वटा पोल ढल्दा प्रसारण लाइन अवरुद्ध भएको छ ।

पहिरोको कारण ५ वटा पोल मध्य १ वटा पोल भने तामाकोशी नदिमा रहेको कारण पोल झिक्न समस्या भएको  नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले जानकारी दिए । पोल नदीभित्र खस्दा प्रसारण लाइनको तार लत्रिएको छ, उनले भने । पहिरोको कारण अवरुद्ध हुन पुगेको प्रसारण लाइन बनाउने कार्यमा आफूहरु जुटेको बताउदै आज साँझसम्म पोल बगाएको ठाउँमा नयाँ पोल राख्ने तयारी भएरहेको दाहालले जानकारी दिए । नदी किनारामा समस्या भएको कारण काम गर्न कठिन छ, तर हामीले सकेसम्म आज नै बनाउने गरी जनशक्ति परिचालन गरेका छौं । उनले भने,‘लामोसाँघुबाट आउने विद्युत अवरुद्ध भएपनि ढल्केबर मार्फत आइरहेको लाइन बाट जिल्लाभित्र बिजुली बलिरहेको छौ ।’ जिल्लामा भएको सम्पुर्ण शक्ति परिचालन गरेका छौं उनले भन्दै जती सक्दो छिटो बती नियमित सञ्चालनमा आउने बताए । अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष पानी धेरै परेको ठाउ ठाउँमा पहिरो गएर बतीको पोल ढल्ने र बगाउने कारण बतीमा समस्या आएको बताए ।

Facebook Comments Box
ad