आगलागीवाट एक घर जलेर नष्ट

समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । विद्युतको आपूर्ति थपघट हुने क्रममा उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीका डम्बरसिंह विकको घरमा मगंलवार दिउँसो आगलागी हुँदा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिकको घरमा रहेको मिटर बक्समा अकस्मात आगलागी हुँदा उनको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको १ तल्ले कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको हो । आगलागीवाट घरमा रहेको लत्ताकपडा, अन्नपात, नगद र सुनचाँदी लगाएत ४ लाख ५० हजार बरावरको धनमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad