रामेछापमा १७ जना कोरोना संक्रमित थपिए

प्रदेश ३ समाज स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछापमा आइतवार मात्रै १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने आज मात्रै १४ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोनालाई जितेर घर फर्कनेहरुमा मन्थली नगरपालिकामा २ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा ९ जना गरि १४ जनाले कोरोनालाई जितेर संक्रमितहरु घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला अस्पताल रामेछापमा ७ जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना, उमाकुण्ड गाउँपालिकामा १ जना र लिखुतामाकोशी गाउँपालिकामा ८ जना गरि १७ जना कोरोना संक्रमित थपिएका हुन् । परिक्षण गरिएका सवै संक्रमितहरुको एन्जिेन विधिबाट कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

आइतवार रामेछापमा १७ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म जिल्लामा कोनो संक्रमण पुष्टि हुनेको संख्या २ हजार ३ सय १८ जना पुगेको छ । कोरोना संक्रमितहरु मध्ये जिल्लामा हालसम्म २ हजार १ सय ५४ जना कोरोना संक्रमितहरु कोरोनालाई परास्त गरेर घर फर्किएका छन् । यसवाहेक कोरोना संक्रमित भई आइसोलेसनमा बसेका गम्भिर प्रकृतीका २९ जना संक्रमितलाई थप उपचारको लागि राजधानी काठमाण्डौं रिफर गरिएको छ ।

त्यस्तै कोरोनावाट जिल्लामा अहिलेसम्म २० जनाको ज्यान गएको छ । रामेछापमा हाल १ सय ४४ जना संक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad