बढी भाडा लिएका तीनवटा सवारीसाधन परे कारवाहीमा

अर्थ प्रदेश ३ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । कोरोना लकडाउनको मौका छोपी यात्रुहरुसँग बढी भाडा लिएको गुनासोका आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतवार गरेको चेकजाँको क्रममा तीनवटा सवारीसाधन कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्ने सवारीसाधनहरुमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँवाट मन्थली आउँदै गरेको वा ५ ख ५८१७ नम्वरको यात्रुवाहक बसले १ सय ५० रुपैयाँ भाडामा जनही यात्रुसँग ३ सयका दरले उठाएको भन्ने यात्रुको गुनासोका आधारमा उक्त बसका सह–चालकबाट बढी लिएको पैसा यात्रुलाई फिर्ता गराइएको छ ।

त्यसैगरी मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलेघाटवाट मन्थलीकै वडा नं १४ फुलासी तर्फ जादै गरेको बा ५ ख ८५८६ नम्वरको यात्रुवाहक बसले सेलेघाटवाट मन्थलीसम्मको भाडा दर ८० रुपैयाँ लिनुपर्नेमा लकडाउनको मौका छोपी प्रति व्यक्ति २ सयका दरले भाडा लिएपछि उक्त वस समेत कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख बिकल भट्टराईले जानकारी दिए ।

त्यस्तै काठमाण्डौंवाट लिखुतामाकोशी गाउँपालिकाको वडा नं १ ढाडे शिरेषेतर्फ हिडेको प्रदेश–३–०१–००६–ख–०६०४ नम्वरको जिपले ८ सय भाडा दरमा प्रतिव्यक्ती १६ सय लिएको यात्रुको गुनासोको आधारमा प्रहरीले वढी लिएको भाडा यात्रुलाई फिर्ता गरी सवारीसाधनलाई कारवाही गरेको छ ।

प्रहरीले सवारीसाधन चेकजाँच गर्ने र यात्रुहरुलाई तिरेको भाडा सोध्ने क्रममा यात्रुहरुले सवारी चालकले बढी भाडा लिएको गुनासो गरेको आधारमा तीनवटा सवारीसाधनलाई कारवाही स्वरुप ७ हजार ५ सय जरिवाना गराइएको र यात्रुसँग भाडा बढी लिएको १ हजार ९ सय २० रुपैयाँ रकम फिर्ता गराइएको ट्राफिक प्रमुख भट्टराईले बताए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad