यात्रुसँग बढी भाडा लिने अरनिको सुपर बस प्रहरी नियन्त्रणमा

अर्थ प्रदेश ३ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । कोरोना महामारी बिच यात्रुहरुसँग बढी भाडा असुलेको गुनासोको आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बा ५ ख २९५ नम्वरको अरनि यातायातको सुपर बस शनिवार जिल्ला सदरमुकाम मन्थलीवाट नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीको जोखिम कम गर्न सरकारले लामो दुरीको सवारीसाधन बन्द गराएको मौका छोपी अरनिको सुपर बसले राजधानी काठमाण्डौं देखी ८ जना यात्रु सँग जनही १ हजारका दरले भाडा लिएर रामेछाप आएको थियो । यात्रुहरुले सरकारले तोकेको भाडा मात्रै तिर्ने भन्दा वसका सह–चालकले जिकिर गरेपछि यात्रुहरुले जनही १ हजारका दरले भाडा तिरेको एक यात्रीले बताए । सरकारले राजधानी काठमाण्डौं देखी रामेछापसम्मको एकतर्फी भाडा जनही ५ सय रुपैयाँ तोकेको छ ।


राजधानी काठमाण्डौंवाट रामेछापसम्म आएको उक्त बस सदरमुकाम मन्थलीको ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा यात्रुहरुले बसका सह–चालकले बढी भाडा लिएको गुनासो गरेपछि ट्राफिक प्रहरीले बस नियन्त्रणमा लिई वढी भाडा उठाएको ४ हजार रुपैयाँ रकम यात्रुहरुलाई फिर्ता गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख बिकल भट्टराईले जानकारी दिए ।

उनले भने– कोरोना लकडाउनको समयमा सरकारले लामो दुरीको सवारीसाधनमा रोक लगाएको जानकारी हुँदाहुँदै राजधानीवाट यात्रुसँग डबल रकम भाडा लिएर यात्रु ओसार्ने उक्त बसलाई ३ हजार रुपैयाँ जरिवाना गराईको र कारवाही स्वरुप एकदिन (शनिवार) बस होल्डमा राखिएको पनि प्रमुख भट्टराईले बताए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad