बालविबाह रोक्न जिल्लामा ठुलो चुनौती

विचार / ब्लग

रामेछाप । नेपाल बहुजाती, बहुभाषिक, बहुसंस्कृति र बहुधार्मिक हिसाबले धनी देश हो । हाम्रो समाजमा विभिन्न जात, धर्म, संस्कृति र भेषभुषाले भरिपुर्ण रहेको छ । यिनै विविधतालाई नेपालको संविधानले पनि स्विकारेको छ । यिनै विविधता भित्रको एकताको माला हो हाम्रो नेपाल । यसरी विविधतालाई एकताको मालाले गास्न सफल हामी भाग्यमानी नेपालीहरु यिनै जात, धर्म, सस्कृतिको नाममा विकृतिलाई अंगाली रहेका छांै । परापुर्वक काललेखि हामिले अंगालेको खराब सस्कृतिलाइ त्याग्न सकिरहेका छैनौ । हाम्रो समाजमा जगडिएर बसेको अनेकौं रितिरिवाज, चालचालन, पराम्पराहरु मध्य सानै उमेरमा बिबाह गरिदिने चलन पनि एउटा समस्या हो । यसरी सानो उमेरमा बिहे गरिदिने चलन कतै धर्मका नाममा त कतै जातका नाममा त कतै अनेकन कारणले हुने गरेको पाइन्छ । हाम्रो समाजमा यसरी प्रसस्तै बालविवाह भइरहेका छन् । तर बालविबाह कानुनी अपराध हो बाल बिबाह गर्नु हुन्न भन्ने कुराको ज्ञान हुदा हुदै पनी बालबिबाह रोकीन सकेको छैन । बाल बिबाह बिरुद्ध समाज जान सकेको छैन । बाल बिबाह हो भन्ने जान्दा जान्दै बिबाहको बिरोध गर्नु त परको विषय हो आफै सो विबाहमा सामेल हुने गर्दछ ।
भनिन्छ बालबालिका देशको भविष्य हो । अनि भन्ने गरिन्छ बालबालिका देशको कर्णधार हो । भोलीको भविष्य आजको बालबालिका हातमा हुन्छ । हामी हाम्रो भावि पुस्ता कस्तो चाहन्छौ ? अनि हामिले कल्पना गरेको भावि पुस्ता कस्तो हो ? के यो विषयमा हाम्रो ध्यान पुग्यो त ? हो यी र यस्तै विषयले मेरो मन पिरोलिएको छ । यिनै प्रश्नहरुले पोलिरहेको छ मलाई । हामी सुन्दर सपना देख्ने गर्छाै तर सपना पूरा गर्नका लागि हामी हाम्रो कर्तव्यमा भने चुक्ने गर्छाैं । आजको बालबालिकाको सुन्दर भविष्य निर्माण गर्नु हाम्रो कर्तव्य होइन ? के उनिहरुलाई उचित शिक्षादीक्षा, पालनपोषण र योग्य बनाउने जिम्मा अभिभावको होइन र ?
हामिले हाम्रो भावि पुस्ताका विषयमा चिन्ता नै गर्दैनौं , हामीलाई बालबिबाहको विषयमा खासै चासो नै छैन । जब समस्या आउछ अनी पछुताउन बाहेक अरु कुनै उपाए हुदैन । कयौ बालबालिका बाल बिबाहको कारण सडकमा छन् त कती बाल बालीकाले आत्महत्या गरेका छन् भने कती बालीकाहरुको ज्यान समेत गएको छ । कतिले अक्षर चिन्ने मौका समेत पाएका छैनन् त कतिले पेट पाल्नकै लागि मजदुरी गरिरहेका छन् । बालबालिकाको लागि सरकारले बेला बेला सुन्दर नारा नबनाएको होइन तर नारा नारामा नै सिमित भएका छन् । बालबालिकाको नाममा बेलाबेलामा चलाइने अभियान पनि औपचारिकतामा मात्र सिमित भएका छन् । कहिले विद्यालय भर्ना अभियान चलाउछ , कहिले निशुल्क शिक्षाको व्यवस्था मिलाउछु भन्छ । तर कति बालबालिका विद्यालय बाहिर छन् ? कति बालबालिका शिक्षाबाट बन्चित भए ? ती बालबालिकाका लागि के पहल गरियो ? यस्ता विषयमा कसैको ध्यान पुगेको देखिएन । जे जति नारा तथा अभियान चलाएपनि ती सबै औपचारीकता र सरकारको लोकप्रियतामा मात्रै सिमित रह्यो ।
बालबालिकाको नाममा एनजीओ आइएनजियोले पनि विभिन्न खालका कार्यक्रमहरु गरिरहेका छन् तर त्यसको व्यबहारीक रुपमा कतै उल्लेख्य प्रभाव भने देखिएको छैन ।
हाल सरकारले सन् २०२२ भित्र पुर्णरुपमा बाल बिबाह अन्त्यको लक्ष्य राखेरस्थानिय तहहरुमा बालविवाह रोकथाका लागि विभिन्न किसिमको अभियान तथा कार्यक्रमहरु संचालन गरिरहेका छन् ।
कानुनले २० बर्ष भन्दा कम उमेरमा बिबाह गर्न वर्जित गरेको छ । ती कार्यक्रमहरु पनि कुनैपालिकामा प्रभावकारी बन्न सकेको छैन । कतिपय पालिकाले त कुनै अभियान तथा कार्यक्रम समेत सञ्चालन गरेका छैनन् । यसरी बालविवाह रोक्नका लागि कुनै खास कार्यक्रम तथा अभियान पनि चलाएको पाइदैन । अझ भनौ भने धेरैजसो स्थानिय तहमा बालबालिकाको शिर्षकमा आएको बजेट नै फ्रिज हुने गरेको पाइन्छ । यसरी बालबालिकाका कार्यक्रमहरु प्राथमिकता पर्न नसक्दा बालविवाहको समस्या ज्यूकात्युनै छन् ।
नेपालको संविधान २०७२ मा २० वर्ष भन्दा कम उमेरमा हुने बिबाहलाई सोत वर्जित हुने ब्यवस्था रहेको छ । यसरी कम उमेरमा हुने बिबाहलाई कानुनले वर्जित गरेको भएता पनि उमेर नपुगि बिबाह गरेका घटना समाजमा प्रसस्तै छन् । यसरी भएका बालविवाह कतै रेकर्डमा भने भेटिदैन । नत कसैले प्रहरीकोमा उजुरी गर्छन् नत बिबाह नै हुनबाट रोक्छन् ।
रामेछाप जिल्लाको विषयमा कुरा गर्ने हो भने जिल्ला प्रहरी कार्यलयमा एक आर्थिक वर्षको रेकर्डमा एउटा पनि बालबालीकाले बाल बिबाह गरेको घटना दर्ता भएका छैनन् । यदि तेसो हो भने रामेछाप जिल्लामा बाल बिबाह अन्त भएकै होत ? जिल्लाको अवस्था त्यो हो भने बाल बिबाह अन्त्य गराउने विभिन्न किसिमको अभियानका कार्यक्रम किन चाहियो ? यदि होइन भने बाल बिबाहको घटनामा सरोकारवालाको ध्यान किन पुग्न सकेन ? किन आज पनि हाम्रो समाजले खुलेयाम बाल बिबाहलाइ अनुमति दिरहेको छ । किन सम्बन्धित निकायले बाल विबाह रोक्न सकिरहेको छैन । स्थानीय तहले बालविवाह गर्नेहरुको बिहे दर्ता रोकिदिएको छ । बिबाह गरेकाहरुको दर्ता रोक्नु भन्दा पहिले कम उमेर विहे हुनबाट रोक्न किन नसकेको ? के बिबाह दर्ता रोक्नु नै बालविवाह अन्त्यको अचुक उपाय होत ? कानुनी रुपमा उमेर नपुगी बिबाह गर्नेहरुबाट जन्मिएका बच्चाको समेत जन्मदर्ता गरिदैन तर बाल विबाह रोक्न चाहिँ कहि कतैबाट पहल भएको पाइदैन । बालबिबाहका कारण आमा बुबाको बिबाह दर्ता नहुदा र ति आमा बुबा बाट जन्मेका बच्चाको जन्म दर्ता नहुदा कती बाल बालीका शिक्षा बाट बञ्चित हुदै छ । यसमा कसले ध्यान दिने । यस बिषयमा सोचेर मात्र हेर्ने हो भने ति बुबा आमा बाट जन्मेको बाल बालीकाको भोलीको भविश्य कता जाला यस विषयमा सरोकाला निकायले समयमा नै ध्यान दिन जरुरी छ । साथै बालबिबाह रोक्न र आफ्ना बाल बालीकाको भोलीको भविश्यको बिषयमा सोच्न अभिभाबक र समुदायले पनी समयमा ध्यान दिन जरुरी देखीन्छ ।
बेलाबेलामा सरकारले चलाउने अभियान र नाराहरु पनि चुनावी प्रचारका लागि राजनैतिक दलका चुनावी घोषणा पत्र जस्ता मात्र भएका छन् । सबै कुरा गर्छु भन्ने तर केही काम नगर्ने । सरकारी अभियान तथा कार्यक्रम सधै फितला भए । बाल बिबाह रोक्न सरकारले अहिले अर्काे सुन्दर नारा अघि सारेको छ । सन् २०२२ भित्र बाल बिबाह अन्त्य गर्ने । बालविवाह मुक्त समाज निर्माण गर्ने । यसरी बाल बिबाह अन्त्य गर्ने बागमती प्रदेशको कार्यक्रम अन्तर्गत हरेक स्थानिय तहमा बजेट विनियोजन पनि गरियो । तर यो अभियान सफल पार्न रामेछापका कुनै पनि स्थानिय तहले उल्लेख्य काम गरेको वा अभियान चलाएको र कार्यक्रम गरेको भने देख्न र सुन्न पाइएन । नत त्यस विषयमा अध्ययन गयो न कार्यक्रम नै गरीयो । यसरी सरकार नारा अघि सार्दै जाने अनि विना उपलब्धि बजेट भने सक्दै जाने हो भने ,हामिले चालेका अभियानहरुले पुर्णता कहिले पाउला ? यसरी बालबिबाह रोक्न तथा अन्त्य गर्न कहिले सकिएला ? कानुनले वर्जित गरेकै क्रियाकलाप रोक्न नसक्नु वा नरोकिने कस्को कमजोरी हो ।
बालबालिकालाई उचित शिक्षा,संस्कार र आचारण सिकाउन नसके कुलतमा फस्न सक्छ । बालबालिकालाई कुलतबाट बचाउन सकिएन भने समाजमा अशान्ति फैलिने, झैझगडा हुने , अपराधीक घटनाहरु घट्ने खतरा हुन्छ ।
सरकारी अभियानले रोक्न नसकेको बालविवाहले समाजमा दीर्घकालीन असर परिरहेका छन् । कम उमेरमा बिबाह गर्दा व्यक्ति, समाज तथा देशलाई नै विभिन्न किसिमको समस्या देखा परिरहेको छ । सानो उमेरमा बिबाह गर्नेहरुमा शारीरिक रुपमा परिपक्वता नहुदै सन्तान हुनेहुदा विभिन्न किसिमको रोगहरु लाग्ने समस्या देखा परेको पाइन्छ । त्यसैगरि सानै उमेरमा बिबाह गरेर जन्मिएको शिशूमा शारीरिक ,मानसिक, शिक्षादीक्षा , पालन पोषण लगाएको अभावले गर्दा कालन्तरमा अनेकन समस्याहरु देखा पर्ने गरेको छ । उचित पालनपोषण र शिक्षादीक्षा नपाउला बालबालिकाको भबिष्यमा थप असर पर्ने हुदा सभ्य समाज, समुन्नत समाज निर्माण हुन सक्दैन ।

Facebook Comments Box
ad