सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत उद्धार

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरकी एक सुत्केरी महिलालाई सोमवार हेलिकोप्टर मार्फत उद्धार गरि थप उपचारको लागि काठमाण्डौं पठाइएको छ ।

दोरम्वा–६ लखनपुर जागुकी सुस्मिता खपाङ्गी मगरले आज विहान ८ वजेको समयमा छोरालाई जन्म दिएकी थिइन । विहान सुत्केरी भएकी खपाङ्गीको साल नखस्दा समस्या भएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाइएको हो । हाल उनको काठमाण्डौं थापाथली स्थित प्रसुती गृहमा थप उपचार भइरहेको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

सुत्केरी खपाङ्गीको साल नखसेपछि एम्वुलेन्स मार्फत उपचारको लागि काठमाण्डौं लैजाँदा थप समस्या हुने भएपछि नेकपा एमालेका नेता रत्न गौतमको सहयोगमा हेलिकोप्टर झिकाएर उपचारको लागि काठमाण्डौं पठाइएको श्रोतले जानकारी दियो ।

Facebook Comments Box
ad