अपायक ठाउँमा चिस्यान केन्द्र, किसानसँगै पालिका प्रमुखको गुनासो

अर्थ कृषि प्रदेश ३
  •  
  • 106
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares

रामेछाप । रामेछापका किसानहरुले उत्पादन गरेको कृषिउपज वस्तुहरु राख्न शीत भण्डार (चिस्यान) केन्द्र निमार्ण गरिएको स्थान अपाएक भएको गुनासो किसानसँगै पालिकाका प्रमुखहरुले समेत गरेका छन् ।
जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानियतह रहेको रामेछापमा सवै स्थानिय तहहरुको पायक नै नपर्ने ठाउँमा कृषि मन्त्रालयले सदरमुकाम मन्थलीको मन्थली नगरपालिका वडा नं–१ सानिमदौमा चिस्यान केन्द्र राख्ने गरी निमार्ण गरेको छ । मन्त्रालयले किसानहरुको हितमा ध्याननै नदीई उक्त चिस्यान केन्द्र निमार्ण गर्न लागेको आरोप अधिकासं किसानहरुले लगाउँदै आएका छन् ।
अपायक ठाउँमा चिस्यान केन्द्र निमार्ण हुँदा उत्पादित बस्तुु लैजानै मुुस्किल पर्ने चिस्यान केन्द्र निमार्ण भएको आसपास क्षेत्र मन्थली नगरपालिकामा उत्पादन हुने तरकारीहरु वजारमै अपुग हुने भएकाले किसानहरुले चिस्यान केन्द्र पुर्याउनै पाउँदैनन् । सदरमुकाम मन्थली वजारमा तरकारी, फलफलु लगाएत कृषिउपजहरु उत्पादनहुने खेती योग्य जमीन कमी, अर्कोतिर खेती योग्य जमीनमा शहरीकरण हुँदै गएपछि खेत मासिदै गएकाले पनि मन्थलीमा चिस्यान केन्द्र आवश्यक नभएको किसानहरु बताउँछन् ।
बिशेषगरी तरकारी र जनुार उत्पादनहुने उर्वर भुमी रामेछाप नगरपालिकामा पदर्छ । रामेछाप नगरपालिकाको ओखेन्री, सालु, रामपुर, सुकाजोर र रामेछाप लगाएतका वडाहरुमा वढी मात्रामा तरकारी उत्पादनहुने गर्दछ । त्यसैगरी सुकाजोर, ओख्रेनी, सालु र रामेछापमा सन्ुतला, कागती, जुनार,नासपाती, स्याउँ, अकवरे खुर्सानी लगाएतका कृषिउपजहरु उत्पादन हुने गर्दछ ।
ती कृषिउपजले पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको वजार र मन्थली वजारसम्मका उपभोक्ताहरुले उपभोग गर्दै आएको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका किसान टीकाराम तामाङले जानकारी दिए । उनले भने– कृषि मन्त्रालयले चिस्यान केन्द्र निमार्ण गर्दा कुन ठाउँमा वढी मात्रामा किसानहरुले कृषि उपज गर्दछन् सो ठाउँ हेर्नु पर्नेमा त्यसो नगरी नेताको चाकडी र भनसुनमा परी किसानलाई पाएक नै नपर्ने ठाउँमा चिस्यान केन्द्र निमार्ण गरिनु गलत छ ।
अहिले निमार्ण भएको चिस्यान केन्द्रमा पालिकाबाट सदरमुकामसम्म पुर्याउन वढी खर्चिलो हुने र किसानहरुले सोचे अनुसारको रकम पाउन नसक्ने भएकाले हाल निमार्ण हुनलागेको चिस्यान केन्द्र उमाकुण्ड र गोकुलगंगा गरी दुई गाउँपालिकाका किसानलाई सहजहुन नसक्ने उमाकुन्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनवारले जानकारी दिए ।
यतादुर्गम गाउँमा रहेको दोरम्वा गाउँपालिकाका किसानलाई मन्थलीमा निमार्ण हुनलागेको चिस्यान केन्द्र कुनै पनि तरिकाले पाएक नपर्ने भएकाले किसानले उत्पादन गरेको कृषिउपज वस्तुहरु पुरयाउन असम्भव भएको शैलुङ्ग दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले जानकारी दिए ।
उनले भने– दर्गुम गाउँमा रहेका किसानहरुको बिषयमा सोच विचार नै नगरी चिस्यान केन्द्र निमार्ण गरिएको छ । गाउँमा एकातिर कच्ची सडक, अर्कोतिर यातायातको असुिवधाका कारण अहिले पनि किसानले डोकोमा वोकेर विक्री गर्नुपर्ने अवस्थामा कसरी चिस्यान केन्दसम्म पुर्याउन सक्छन् तामाङले प्रतिप्रश्न गरे ।
पालिकामा चिस्यान केन्द्रको आवस्यकता हेरी दोरम्वा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा ४५ लाख रुपैयाँखर्च विनियोजन गरेर चिस्यान केन्द्रको डिपीआर गर्ने काम सकिएको र पालिकाकै खर्चमा चिस्यान केन्द्र निमार्ण कार्य अन्तिम चरणमा पुगेको पनि अध्यक्ष तामाङ्ले वताए ।
अहिले मन्थली नगरपालिकाको वडा नं १ सानिमदौमा ५ सय मेक्ट्रिक्टन क्षमताको फलफुल तथा तरकारी राख्न मिल्ने चिस्यान केन्द्रको निमार्ण भएको हो । उक्त चिस्यान केन्द्र निमार्णको लागि वाग्मती प्रदेश सरकारवाट ५ करोड र मन्थली नगरपालिकावाट २ करोड १० लाख रुपैयाँ गरी ७ करोड १० लाखको लागतमा निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।


जिल्लाको ८ वटा स्थानियतहमा वढी मात्रामा कृषिउपज उत्पादनहुने रामेछाप नगरपालिकाको ओखेन्री, सालु, रामपुर, सुकाजोर र रामेछाप कृषिउपज गर्दछन् सो ठाउँ हेर्नु पर्नेमा त्यसो नगरी नेताको चाकडी र भनसुनमा परी किसानलाई पाएक नै नपर्ने ठाउँमा चिस्यान केन्द्र निमार्ण गरिनु गलत छ । अहिले निमार्ण भएको चिस्यान केन्द्रमा किसानहरुले उत्पादन गरेको सामाग्री लैजान समस्या छ ।
त्यस्तै रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा आलु, चिया, अलैची र किबी लगाएतका कृषिउपजहरु बढी मात्रामाहुने गर्दछ । उत्तरी क्षेत्र यातायातको हिसावले अति नै विकट भारी वर्षात हुने र सडक तहसनहस हुँदा यसैगरी काभ्रे जिल्लाको सिमानामा सँगै जोडिएको सुनापति गाउँपालिकाको लागि मन्थलीमा निमार्ण भएको चिस्यान केन्द्र झनै अपाएक स्थानमा पर्ने सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए ।
उनले भने–सुनापतिका किसानले उत्पादन गरेका कृषिउपज वस्तहुरु मन्थली पुर्याउने खर्चले काभे्रको वनेपा वजारसम्म सहजै पुर्याउन सकिने भएकाले मन्थलीको चिस्यान केन्द्र सुनापतीका किसानलाई काम लाग्दैन । किसानको हितको लागि पालिकाले गएको आर्थिक वर्षमा ४५ लाख रुपैयाँ रकम विनियोजन गरी चिस्यान केन्द्र निमार्ण गर्न लागेको हो ।
जिल्लाको ८ वटा स्थानियतहमा वढी मात्रामा कृषिउपज उत्पादन हनुे ठाउँ कुन हो त्यो कृषि मन्त्रालयले एकिन नै नगरी हचुवाको भरमा मन्थलीमा निमार्ण भएको शित भण्डार (कृषिउपज) केन्द्र सवै किसानलाई पायक पर्ने ठाउँ नभएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।

Facebook Comments Box

  •  
  • 106
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares
ad ad