कांग्रेस नेता तामाङ्ग द्वारा सुनापतीमा स्वास्थ्य समाग्री हस्ताणतरण

स्वास्थ्य

रामेछाप । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सुकाराम तामाङ्गले सुनापती गाउपालीकामा स्वास्थ्य समाग्री हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसका आमन्त्रीत जिल्ला कार्यसमीती सदस्य समेत रहेका सुनापति गाउँपालिका–२ दिमिपोखरीका तामाङ्गले गाउँपालीकामा रहेको सबै स्वास्थ्य संस्थाहरुलाई १७ प्रकारका स्वास्थ्य समाग्री हस्ताण्तरण गरेका हुन् ।


बिश्व ब्यापीरुपमा फैलीएको कोभिड–१९ संक्रमण,रोकथाम तथा नियन्त्रण गर्न स्थानिय नागरीकलाई उपचार गर्न सहयोग पुगोस भनेर आफुले बिभिन्न ब्यक्तीहरु संग सहकार्य गरेर स्वास्थ्य समाग्री जुटाएको तामाङ्गले बताए ।


महामारीका विरुद्ध नागरीकको जीवन रक्षा गर्नका लागि गाउँपालिकामा रहेको ५ वटै वडाका स्वास्थ्य संस्थामा नागरीकलाई स्वस्थ्य सामाग्रीको अभावलाई पुर्ती गर्नक लागि आफ्नो अगुवाईमा सहयोग सामाग्री जुटाएर गाउपालिकालाई हस्ताणतरण गरिएको तामाङ्गले बताए । तामाङ लगएत दिमिपोखरिका नेपालि कांग्रेसका अगुवा युबानेताहरु डि.बि.मगर,बिक्रम घिसिङ,बिक्रम तामाङ,अशोक लामा,कृष्ण घिसिङ ,यन कुमार श्रेष्ठ ,रकबाबु लामा को उपस्थितिमा पाँचै वटा वडाको स्वास्थ चौकीमा काठमाण्डौ तथा बिदेशमा रहेका बिभिन्न ब्यक्तीहरुको सहयोगमा स्वास्थ्य सामाग्री जुटाएको बताए ।

Facebook Comments Box
ad